प्रचारप्रसार नहुँदा गौरीगाउँ ताल ओझेलमा
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार ११:८:२४
१४ असोज, दाङ । तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँस्थित गौरीगाउँ ताल ओझेलमा परेको छ । बजारबाट दक्षिणतर्फ नजिकै रहेको भए पनि प्रचारप्रसार नहुँदा सो ताल ओझेलमा परेको हो ।
वरिपरि ताल र बीचमा मन्दिर निर्माण गरिएको छ । जहाँ कुनै समय सातवटा ताल थिए । तर अहिले ती सबै ताललाई एउटै बनाइएको छ । करिब आठ बिघा क्षेत्रमा फैलिएका उक्त तालको अवलोकन गर्न आउनेको अवस्था भने न्यून रहेको स्थानीयवासी रमेश बुढाथोकीले बताए । “यही बाटो हुँदै हिँड्नेहरू केही तस्वीर खिच्ने अड्न्छिन्”, उनले भने, “तर अवलोकन नै गर्ने भनेर आउनेहरू विरलै हुन्छन् ।”
दाङमा नै सबैभन्दा ठूलो क्षेत्रमा फैलिएको उक्त ताललाई प्रचारप्रसार गर्न आवश्यक रहेको उनको भनाइ छ । तुलसीपुर बजारबाट नजिकै रहेको र सडक सञ्जालको पनि सहज पहुँच भएकाले पर्यटनको आकर्षणको मुख्य केन्द्र बन्न सक्ने उनले बताए । “विकट क्षेत्रका स–साना ताल पनि पर्यटनको केन्द्र बनेका छन्”, उनले भने, “बजार क्षेत्रमा रहेको यति ठूलो ताल ओझेलमा परेको छ ।”
तालको बीचमा करिब एक करोडको लागतमा शिवमन्दिर निर्माण गरिएको छ । तुलसीपुर–१० गौरीगाउँका चारटोलको बीचमा पर्ने उक्त तालको मन्दिरमा पाँचवटा मूर्ति राखिएको छ । शिव, गणेश, सूर्य, देवी, विष्णु गरी पाँचवटा मूर्ति राखिएको छ । साथै मन्दिरमा पुग्न करिब ४५ मिटरको पुल पनि निर्माण भएको छ ।
वर्षायाममा परेको पानी पोखरीमा जम्मा हुने र त्यो पानी वर्षैभरि रहिरहने गर्छ । तालमा माछापालन पनि गर्ने गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार