आत्मघाती आक्रमण गराउने लडाकु नेता राष्ट्रसङ्घको आतङ्कवादी सूचीमा !
इन्द्र रिजाल
बैशाख १९, २०७६ बिहिबार १८:२९:५८
एजेन्सी । भारत र पाकिस्तानलाई हालै युद्धको सङ्घारमा पुर्याइदिनेगरी भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण गराउने समूहका नेतालाई संयुक्त राष्ट्रसङ्घले आतङ्कवादी घोषणा गरेको छ।
मसूद अजहर जैश-ए-मोहम्मद समूहका प्रमुख हुन्, जुन समूहले गत फेब्रुअरीमा कश्मीरको पुलवामामा ४० जना भारतीय अर्धसैनिक बलका सदस्यको ज्यान जानेगरी ठूलो विस्फोटन गराएको थियो।
चीनले उक्त समूह बारेको आफ्नो अडान छाडेपछि संयुक्त राष्ट्रसङ्घले त्यस्तो निर्णय गरेको हो।यसअघि चीनले उक्त प्रस्तावबारे अध्ययन गर्न थप समय चाहिने भन्दै त्यस्तो प्रस्ताव स्थगित गराउन अनुरोध गरेको थियो।
“ठूला, साना सबै ‘देश’ ले साथ दिएका छन। संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध सूचीमा मसूद अजहर आतङ्कवादी घोषित भएका छन्। सबैको सहयोगका लागि हामी कृतज्ञ छौँ,” राष्ट्रसङ्घका लागि भारतीय राजदूत सैयद अकबरुद्दिनले ट्वीट गरेका छन्।
के हो मसूदको जैश-ए-मोहम्मदरु
जैश-ए-मोहम्मदको शाब्दिक अर्थ मोहम्मदको सेना हुन्छ। सन् १९९९ मा इन्डियन एअरलाइन्सको विमान अपहरणकर्ताहरूको मागबमोजिम यात्रुहरूलाई सकुशल छाडिदिने शर्तमा भारतले रिहा गरिदिएको मसूद अजहरले नै उक्त समूहको गठन गरेका हुन्।
त्यतिखेर सो विमानलाई काठमाण्डूबाट अपहरण गरेर तालिबानशासित अफगानिस्तान पुर्याइएको थियो। सो देशमा रहँदा अजहरले भूतपूर्व तालिबान नेता मुल्लाह ओमार तथा अल कायदाका नेता ओसामा बिन लादेनसँग भेटेको बताइन्छ।
दिल्लीस्थित भारतको केन्द्रीय संसद्मा सन् २००१ को डिसेम्बरमा आक्रमण गरेको दोष भारतले जैश-ए-मोहम्मदमाथि लगाएको छ।
उक्त घटनालगत्तै पाकिस्तानले औपचारिक रूपमा उक्त समूहमाथि प्रतिबन्ध लगायो। तर सो समूह अझै सक्रिय रहेको ठानिन्छ र बेलाबखत त्यसले अफजल गुरु गुट, अल-मुराबितुन तथा तहरिक-ए-फुर्कानजस्ता विभिन्न नाममा आफ्ना गतिविधि सञ्चालन गर्ने गर्छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार