दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार १५:०:३४
१५ असोज, काठमाडौं । दक्षिण सुडानस्थित संयुक्त राष्ट्र संघिय शान्ति मिसनमा तैनाथ तारादल गण (शान्ति सेना) तेह्रौं डफ्फालाई बदली गर्न खटिएको श्रीनाथ गण (शान्ति सेना) चौधौँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी पूर्ण बहादुर चन्दको नेतृत्वमा संयुक्त राष्ट्र संघको चार्टर्ड विमानद्वारा मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।
गणपति, प्रमुख सेनानी सुरेश देवकोटाको कमाण्डमा रहेको सो गणका ५२५ जना शान्ति सैनिक यस अगावै मिसन इलाका पुगिसकेका छन् । सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी तारादल गण (शान्ति सेना) तेह्रौं डफ्फाका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोली गणपति, प्रमुख सेनानी अनिल केसीको नेतृत्वमा आश्विन १४ गते स्वदेश फिर्ता भएका छन् ।
दक्षिण सुडानमा रहेको संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाली सेनाको दुई वटा गण, एउटा गुल्म सहित कुल १७५६ जना शान्ति सैनिक कार्यरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार