इरानले गर्यो इजरायलमाथि मिसाइल आक्रमण
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार ६:५५:३७
१६ असोज, काठमाडौं । इरानले गए रातिदेखि इजरायलमा आक्रमण शुरु गरेको छ । गएराति इरानले इजरायलमाथि १८० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । तर, अहिलेसम्म यस आक्रमणबाट ठूलो क्षति नभएको दाबि गरिएको छ । मिडिया रिपोर्टका अनुसार यस आक्रमणबाट तेल अभिभमा २ जना सर्वसाधारण घाइते भएका छन् ।
यी आक्रमणहरू सम्पूर्ण इजरायलमा ३० मिनेटको लागि गरिएको थियो । यस अवधिमा इजरायलले आफ्ना सबै नागरिकलाई बम सेल्टरमा जान आग्रह गरिएको थियो । इजरायलको आक्रमणपछि इरानले नसरल्लाहको शहीदको यो पहिलो बदला भएको बताएको छ । इरानले यो सुरुवात मात्र भएको बताएको छ ।
इजरायलले बेरुतमा हिजबुल्लाहको मुख्यालयमा आक्रमण गरेर हिजबुल्लाह प्रमुख हसन नसरल्लाहलाई मारेपछि यसको बदला स्वरूप आक्रमण गरेको बताएको छ । इजरायली सेनाका प्रवक्ता ड्यानियल हागारीले यस आक्रमणको परिणाम भोग्नुपर्ने बताएका छन् । उनले इजरायलले आफुहरुसँग इरानविरुद्ध कारवाही गर्ने योजना भएको र सहि समय र स्थान तय गरेर कारबाही गर्ने बताएका छन् ।
अर्कोतर्फ अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इजरायललाई सहयोग गर्ने बताएका छन् । र्कोतर्फ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले ठूलो गल्ती गरेको उल्लेख गर्दै उसले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले उपराष्ट्रपति कमला ह्यारिस र राष्ट्रिय सुरक्षा टोलीसँग भेटवार्ता गरेका छन् । उक्त बैठकमा इरानले इजरायलमाथि गरेको आक्रमणबारे छलफल भएको थियो । यस हमलाबाट इजरायललाई कसरी बचाउने र इजरायलमा अलपत्र परेका अमेरिकीलाई सहयोग गर्न कस्तो तयारी भइरहेको छ भन्ने विषयमा पनि छलफल भएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।
त्यस्तै इरानले इजरायलमाथि गरेको आक्रमणको फ्रान्स, बेलायत, जर्मनी र युरोपियन युनियनले विरोध गरेका छन् । यसअघि इरानले यसै वर्षको अप्रिलमा इजरायलमा हमला गरेको थियो तर अमेरिका, जोर्डन र अन्य देशको सहयोगमा इजरायलले इरानले प्रहार गरेको सयौं मिसाइल र ड्रोनलाई पूर्णरुपमा असफल बनाएको थियो ।
त्यसपछि अमेरिकाले इजरायललाई संयमता अपनाउन भनेको थियो, जसका कारण इजरायलले इरानका केही आणविक केन्द्र नजिकैको हवाई अड्डामा आक्रमण गरे पनि ती केन्द्रहरूलाई निशाना बनाएको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानको इजरायलमाथि हमलापछि कच्चा तेलको मूल्य बढ्यो
असोज १६, २०८१ बुधबार
इरानलाई नेतन्याहुको चेतावनी- ठुलो मुल्य चुकाउनुपर्ने छ
असोज १६, २०८१ बुधबार
इरानले इजरायलविरुद्ध मिसाइल आक्रमण गर्ने अमेरिकी आशंका
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
असोज १५, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
असोज १५, २०८१ मंगलबार
इरानको इजरायलमाथि हमलापछि कच्चा तेलको मूल्य बढ्यो
असोज १६, २०८१ बुधबार
एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै भोजपुरको किरातेश्वर ढुङ्गे बगैँचा
असोज १६, २०८१ बुधबार
कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार
बाढीबाट मधेसमा पाँच अर्ब बढीको क्षति
असोज १६, २०८१ बुधबार
नेपालले आज ओमानसँग खेल्दै
असोज १६, २०८१ बुधबार
भारी वर्षाको पूर्वानुमानसँगै सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन
असोज १६, २०८१ बुधबार