के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार ११:३४:५४
१६ असोज, काठमाडौं । इजरायलमाथि इरानले आक्रमण शुरु गरेपछि अब मध्यपूर्वमा नयाँ युद्ध हुने निश्चित भएको छ ।
अहिलेसम्म रुस-युक्रेन, इजरायल र हमास युद्ध झेलिरहेको विश्वले अब इजरायल(इरान युद्ध झेल्नुपर्ने देखिएको छ । इरानले इजरायललाई आक्रमण गर्ने सूचना आएसँगै विश्व बजारमा कच्चा तेलको मूल्य बढ्न शुरु भएको छ ।
गएराती इरानले इजरायलमाथि आक्रमण शुरु गरेको छ । इरानले १८० भन्दा बढी ब्यालेस्टिक मिसाइलले इजरायलमा आक्रमण गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
तर इरानको यो आक्रमणमा इजरायलले खासै क्षति भने बेहोर्नु नपरेको बताइएको छ । अमेरिकी अधिकारीहरूले इजरायलले इरानको यस आक्रमणबाट ठुलो क्षति बेहोर्नु नपरेको बताएका छन् । इजरायलले धेरै जसो मिसाइललाई आकासमै नष्ट गरेको बताइएको छ ।
इजरायलले फलामले बनाइएका डोम एन्टी मिसाइल डिफेन्स सिस्टमले आफ्नो भूमिमा भएका रकेट प्रहारलाई आकाशमै नष्ट गरेर जनधनको क्षति रोकेको बताइएको छ ।
इजरायली सेनाका अनुसार यस प्रविधिले ९० प्रतिशत भन्दा बढी रकेट आकाशमै नष्ट गरिरहेको छ । बस्ती भएका शहरमा जमिनमा खस्नुअघि नै रकेट नष्ट भएकोले ठुलो क्षति हुनबाट रोकिएको छ । इजरायलमाथि हुने मिसाइल आक्रमणमा अहिलेसम्म यही प्रविधिका कारण ठुलो क्षति हुनबाट बच्दै आएको छ ।
इजरायलले लाखौं डलर खर्च गरेर बनाएको आइरन डोम निकै ठुलो मिसाइल डिफेन्स सिस्टम रहेको बताइएको छ । यस सिस्टमले रकेट शहरी या मानिस बसेको इलाकामा आउँदै छ भन्ने आफै पत्ता लगाएर नष्ट गर्ने गर्दछ । टाइम्स अफ इजरायलका अनुसार हरेक इन्टरसेप्टरको मूल्य करिब डेढ लाख डलर पर्ने उल्लेख गरेको छ ।
सन २००६ मा इस्लामी समूह हिजबुल्लाहसँगको लडाइपछि इजरायलले यो प्रविधिमा काम गर्न शुरु गर्न थालेको बताइएको छ । त्यति बेला हिजबुल्लाहले इजरायलमा हजारौं रकेट प्रहार गरेर दर्जनौं इजरायलीको मृत्यु भएको थियो । यस घटनापछि
इजरायलको सरकारी कम्पनी राफाल डिफेन्सले सुरक्षालाई ध्यान दिँदै देशका लागि एक मिसाइल शिल्ड बनाउने प्रस्ताव गरेको थियो । यो योजनाका लागि इजरायललाई अमेरिकाले २० करोड डलर दिएको थियो ।
बर्षौंको अनुसन्धानपछि २०११ मा यो सिस्टमको परीक्षण गरिएको थियो । त्यति बेला दक्षिणी शहर वीरसेबाबाट हानिएको रकेट मिसाइललाई यस सिस्टमले नष्ट गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलमाथि इरानको आक्रमण : तेहरानमा खुशी मनाइयो
असोज १६, २०८१ बुधबार
बाग्मती करिडोरमा हिलो र धुलो
असोज १६, २०८१ बुधबार
इरानको इजरायलमाथि हमलापछि कच्चा तेलको मूल्य बढ्यो
असोज १६, २०८१ बुधबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
असोज १६, २०८१ बुधबार
पत्नी एलिनासहित विकल पौडेलविरुद्ध राजश्व अनुसन्धान विभागले हाल्यो पौने २ अर्बको मुद्दा
असोज १५, २०८१ मंगलबार
सात वर्षदेखि थन्किएका मोबाइल भ्यान निकालेर बजार अनुगमनमा लाग्यो विभागको टोली
असोज १६, २०८१ बुधबार
देवघाटधाममा पितृहरूको सम्झनामा श्राद्ध गरिँदै
असोज १६, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
असोज १६, २०८१ बुधबार
चरिचरणमा रहेका घोडा
असोज १६, २०८१ बुधबार
झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै, आलोपालो गरी सवारी चलाइँदै
असोज १६, २०८१ बुधबार