बाबर आजमले दिए कप्तानीबाट राजीनामा
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार ११:३६:४२
१६ असोज, काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले राजीनामा दिएका छन् । आजमले सामाजिक सञ्जालमा पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी दिएका छन् । उनले आफ्नो कप्तानी अनुभव उत्कृष्ट रहेको बताउँदै आफ्ना फ्यानहरुलाई धन्यवाद समेत दिएका छन् ।
बाबर आजमले भनेका छन्- 'म आज तपाईंसँग एउटा समाचार साझा गर्दैछु। मैले पाकिस्तान पुरुष क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिने निर्णय गरेको छु । टिमको नेतृत्व गर्नु सम्मानको कुरा हो तर अब मैले पद छोडेर आफ्नो खेलमा ध्यान दिने समय आएको छ ।'
आजमले आफ्नो प्रदर्शनलाई प्राथमिकता बताउँदै उनले अब आफ्नो परिवारसँग समय बिताउने समेत लेखेका छन् । उनले भनेका छन्- 'हामीले सँगै जे हासिल गर्यौं त्यसमा म गर्व गर्छु र एक खेलाडीको रूपमा टोलीमा योगदान गर्न जारी राख्न तत्पर छु ।'
पाकिस्तानले पछिल्लो पटक बंगलादेशविरुद्धको टेस्ट सिरिजमा पहिलो पटक हार बेहोरेको थियो । पाकिस्तानले अक्टोबर ७ देखि घरेलु मैदानमा तीन खेलको टेस्ट सिरिज खेल्ने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउथीले राजीनामा दिएपछि लाथम बने न्यूजील्याण्डको टेस्ट कप्तान
असोज १६, २०८१ बुधबार
बंगलादेशविरुद्धको टेस्ट सिरिजमा भारतको क्लीन स्वीप
असोज १५, २०८१ मंगलबार
त्रिकोणात्मक टी-२० सिरिज : नेपालले आज क्यानडाको सामना गर्दै
असोज १५, २०८१ मंगलबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
असोज १६, २०८१ बुधबार
पत्नी एलिनासहित विकल पौडेलविरुद्ध राजश्व अनुसन्धान विभागले हाल्यो पौने २ अर्बको मुद्दा
असोज १५, २०८१ मंगलबार
चरिचरणमा रहेका घोडा
असोज १६, २०८१ बुधबार
झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै, आलोपालो गरी सवारी चलाइँदै
असोज १६, २०८१ बुधबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
निर्धारित समयमा सडक नबन्दा स्थानीयलाई सास्ती
असोज १६, २०८१ बुधबार
साउथीले राजीनामा दिएपछि लाथम बने न्यूजील्याण्डको टेस्ट कप्तान
असोज १६, २०८१ बुधबार