ठेउवाटारमा पाँच दिनदेखि विद्युत् अवरुद्ध
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार १३:३१:१५
१७ असोज, गोरखा । जिल्लाको सहिदलखन गाउँपालिका–४ स्थित ठेउवाटार र आसपासका क्षेत्रमा बाढीले विद्युतको खम्बामा क्षति पुर्याएपछि पाँच दिनदेखि सो क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।
सहिदलखन गाउँपालिकाको ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी जोड्ने झोलुङ्गे पुल बाढीले बगाउँदा विद्युतका खम्बामा क्षति पुगेपछि सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मुग्लिन वितरण केन्द्रका प्रमुख शेषमणी अधिकारीले जानकारी दिए ।
“झोलुङ्गे पुलसँगै विद्युतका चार वटा खम्बामा बाढीले क्षति पु¥याएको छ”, उनले भने, “खम्बामा टाँगिएका सबै तार त्रिशुली नदीले बगाएपछि नयाँ तार फेरेर अवरुद्ध विद्युत् सञ्चालन गर्ने तयारी भइरहेको छ ।”
क्षति भएका खम्बा मर्मत गरिसकिएको बताउँदै अधिकारीले विद्युत् नियमित सञ्चालन हुने जानकारी दिए । “पोल मर्मत गरी नयाँ तार नयाँ फेर्ने काम सकिएको छ”, उनले भने, “तत्काल विद्युत् सञ्चालन गर्ने तयारी भइरहेको छ ।”
विद्युत् अवरुद्ध हुँदा ठेउवाटार, माथिल्लोटार, तल्लोटार र आसपासका क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित भएको सहिदलखन–४ का वडाध्यक्ष यामबहादुर थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालको बिजुली बङ्गलादेश निर्यात हुने बाटो खुल्दै, आज त्रिपक्षीय सम्झौता हुने
असोज १७, २०८१ बिहिबार
बाढी तथा डुबान प्रभावित गाउँमा खानेपानीको समस्या
असोज १६, २०८१ बुधबार
विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित
असोज १४, २०८१ सोमबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत
असोज १७, २०८१ बिहिबार
वसन्तको दिदीको बिहे गर्ने र भाइ पढाउने सपना झ्याप्ले खोलामा अस्तायो
असोज १७, २०८१ बिहिबार
एक्समा एलन मस्कले गरेको लगानी भन्दा ८० प्रतिशत कम मूल्य !
असोज १७, २०८१ बिहिबार
राजदेवी मन्दिर डुबानमा
असोज १७, २०८१ बिहिबार
राहतको पर्खाइमा स्थानीय
असोज १७, २०८१ बिहिबार