दक्षिणी लेबनानमा इजरायलको ठुलो हवाई हमला
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार ११:१५:२९
१८ असोज, काठमाडौं । लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा गएराति ठूलो विस्फोटको आवाज सुनिएको छ । बेरुतबाट आएको रिपोर्टका अनुसार यो क्षेत्र स्थानीय एयरपोर्टभन्दा बाहिर छ र इजरायलले हमला गरेको छ ।
यस हमलाको निशाना कसलाई थियो भन्ने अहिलेसम्म स्पष्ट नभए पनि यो क्षेत्र हिजबुल्लाहको गढ रहेको छ । यसअघि इजरायली सेनाले मानिसहरूलाई यस क्षेत्रका दुईवटा भवनबाट बाहिर निस्कन आग्रह गरेको थियो ।
यसैबीच, लेबनानी सेनाले दक्षिणी लेबनानमा आफ्ना दुई सैनिक मारिएको जनाएको छ । इजरायलले यस क्षेत्रमा हिजबुल्लाह विरुद्ध जमीनी कारबाही गरिरहेको छ । इजरायली सेनाले पनि दक्षिणी लेबनानका धेरै गाउँहरू खाली गर्न सर्वसाधारणहरूलाई आदेश दिएको छ ।
इजरायलले पनि वेस्ट बैंकमा हमासविरुद्ध सैन्य कारबाही गरेको छ। वेस्ट बैंकका प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको बताएका छन्।
अधिकारीहरुका अनुसार इजरायलले तुलकर्म शरणार्थी शिविरमा हवाई हमला गरेको छ । इजरायलले यस हमलामा हमासका वरिष्ठ सदस्य जाही यासर अब्द अल रजाक मारिएको बताएको छ ।
यसैबीच हिजबुल्लाहले इजरायलमा विहिबार २३० भन्दा बढी प्रोजेक्टाइल मिसाइल हमला गरेको छ । इजरायलले यो जानकारी दिँदै साबि आक्रमणलाई ध्वस्त बनाएको र कुनै मानवीय क्षति नभएको बताएको छ । त्यस्तै हिजबुल्लाहले भने बिहिबार ३२ आक्रमण मात्र गरेको दाबि गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार