‘स्याङ्जा कप भलिबल’को उपाधि आँधीखोला क्लबलाई
इन्द्र रिजाल
बैशाख २०, २०७६ शुक्रबार १४:५७:२१
स्याङ्जा । आँधीखोला स्पोर्टस् क्लब हङकङले १२ औँ स्याङ्जा कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि आज जितेको छ ।
नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी सम्मिलित आँधीखोला स्पोर्टस् क्लबले हङकङको टुइन मुनमा आज बिहान भएको महिलातर्फको फाइनलमा नेपाली राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ सम्मिलित पर्वत भलिबल क्लब हङकङलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
आँधीखोलाले पहिलो सेट १९–२५ ले गुमाए पनि दोस्रो र तेस्रो सेट २५–२३ र २५–१३ ले जित्दै उपाधि जित्न सफल भयो भने उपाधिसँगै आँधीखोलाले तीन हजार हङकङ डलर प्राप्त ग¥यो ।
सरस्वतीले आफ्नो टोली एपीएफलाई लगातार पाँचौपटक राष्ट्रिय महिला भलिबलमा च्याम्पियन बनाएलगत्तै बुधबार मात्रै हङकङ पुगेकी थिइन् ।
पुरुषतर्फ हलेसी स्पोर्टस् क्लबले आँधीखोला स्पोर्टस् क्ललाई २–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो । हलेसीले २१–२५, २५–१५ र २५–२३ ले जित्न सफल भयो ।
प्रतियोगिताको महिला तथा पुरुषमा छ टोलीको सहभागिता रहेको थियो । पुरुषतर्फ समूह ‘ए’ मा घान्द्रुक समाज, हलेसी क्लब र बाग्लुङ समाज तथा समूह ‘बी’मा आँधीखोला स्पोर्टस् क्लब, पुन क्लब र पर्वत क्लब रहेका थिए ।
महिलातर्फ समूह ‘ए’ मा घान्द्रुक समाज, पर्वत क्लब र नेप्लिज क्लब रहेका छन् । समूह ‘बी’मा पुन क्लब, लिम्बूवान र आँधीखोला स्पोर्टस् क्लब रहेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार