गोरखकाली रबर उद्योग झाडी र घारीले घेरियो ( फोटो फिचर )
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार ८:१२:३३
३ कात्तिक, काठमाडौं । २०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर २०४२ सालमा राजा वीरेन्द्रले शिलान्यास गरेको गोरखा नगरपालिका वडा नं १३ मझुवास्थित गोरखकाली रबर उद्योग लिमिटेडको अहिले जीर्ण बन्दै गएको छ ।
नेपालको एकमात्र रबर उद्योगको रुपमा स्थापित यस उद्योगले वि।सं २०५० को दशकदेखि व्यवसायीक रुपमा उत्पादन थालेको भएतापनि हाल पूर्ण रुपमा बन्दको अवस्थामा रहेको छ । मीत्र राष्ट्र चीनको सहयोगमा स्थापित गोरखकाली रबर उद्योग देशकै एउटा चर्चित उद्योग त थियो नै, यस उद्योगले राष्ट्रिय उत्पादन र पुँजी बृद्धीमा ठूलो टेवा पुर्याएको थियो ।
सरकारी र निजी साझेदारीमा सञ्चालित गोरखकाली रबर उद्योगले प्रति वर्ष हेभी र लाइट गरेर विभिन्न प्रकारका १ लाख २० हजार टायर उत्पादन गर्ने लक्ष्य राखेको थियो । उद्योग सञ्चालनको क्रममा विभिन्न प्रकारका ८८ हजार टायर प्रति वर्ष उत्पादन गरिरहेको थियो ।
ट्रकका लागि १२ प्रकारका, जीप र भ्यानका लागि ५ प्रकारका र साना कारका लागि ६ प्रकारका टायर यस उद्योगले उत्पादन गर्ने गर्दथ्यो । करिब ६७० रोपनी क्षेत्रफलमा रहेको यस उद्योगमा सरकार, सर्वसाधारण, एसियाली विकास बैंक, नेपाल आयल निगम, हिमाल सिमेन्ट, नेपाल साल्ट ट्रेडिङलगायत संघसंस्थाहरूको साझेदारी रहेको देखिन्छ ।
उद्योग सञ्चालनको सुरुकै चरणमा करिब ४०० जनाले विभिन्न क्षेत्रमा प्रत्यक्ष रोजगारी पाएका थिए । कुल टायर र ट्युबको आन्तरिक मागको करिब ४० प्रतिशत हिस्सा पूर्ति गर्न सफल भइसकेको उद्योगले विदेशी टायरहरूसँग पनि राम्रै प्रतिस्पर्धा गरिराखेको थियो ।
नेपालमा उत्पादित टायरहरु भारत, बङ्गलादेश, श्रीलङ्कालगायतका दक्षिण एसियाली मुलुकहरुमा निर्यात हुन्थ्यो । नेपालको काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, वीरगञ्ज, जनकपुरलगायतका ठूला ३० वटा शहरमा आफ्नो डिपो राखेर राम्रो बजार व्यवस्थापनसहित सफलता हासिल गरिरहेको यस गोरखकाली रबर उद्योग गोरखाबासीको मात्रै नभएर नेपालकै एउटा प्रतिष्ठा बनेको थियो ।
तर विगत १० वर्षदेखि उद्योग पूर्ण रुपमा बन्द छ । करिब १० अर्ब बराबरको राज्यको सम्पत्ति र सयौं रोपनी क्षेत्रफल भएको रबर उद्योगको वरिपरि झाडी र घारीले घेरिएको छ । उद्योगका मेसिनहरुमा खिया लागेको छ । हाल सुनसान देखिने यो क्षेत्रमा उद्योग रेखदेख र सुरक्षाका लागि केही सुरक्षागार्ड राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा उपत्यकाको आकाश प्रदूषित
माघ २०, २०८१ आइतबार
स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको माइतीघर प्रदर्शन [ फोटो फिचर ]
माघ २०, २०८१ आइतबार
सूर्यविनायक धुलिखेल सडक यसरी बन्दै छन् छ लेनको
माघ १९, २०८१ शनिबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
केबलकार निर्माणविरुद्धको आन्दोलनः अरुण पूर्वका ९ जिल्ला बन्द, यातायात ठप्प
माघ २०, २०८१ आइतबार
आचारसंहिता उल्लंघन गर्ने एकदर्जन बढी सञ्चारमाध्यमलाई कारबाही
माघ २०, २०८१ आइतबार
अर्जुन ट्रफी क्रिकेटः धनगढीको पहिलो जित
माघ २०, २०८१ आइतबार
प्रदर्शनरत चलचित्र ‘एक्टर: टेक वन’को गीत ‘जिन्दगी रेल’ सार्वजनिक
माघ २०, २०८१ आइतबार
संसदीय सुनुवाइबाट न्यायपरिषदमा खड्का अनुमोदित
माघ २०, २०८१ आइतबार
एआईको प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र
माघ २०, २०८१ आइतबार