दल फुटाउने अध्यादेश रोक्ने दवावस्वरुप विपक्षी दलले सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार १३:४५:३७
४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दल फुटाउन राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै विपक्षी दलले सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । शुक्रबार गठित कार्यदलले तयार गरेको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई बुझाउन लागिएको हो ।
माओवादी केन्द्रका शक्ति बस्नेत, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल रहेको कार्यदलले ज्ञापनपत्र तयार पारेको र सो पत्र प्रधानमन्त्रीलाई बुझाएर खबरदारी गर्न लागिएको बताइएको छ । कार्यदलले राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेसँग भेटघाट गरेर ध्यानाकर्षण गराउने भएको छ ।
कार्यदलका सदस्यहरुका अनुसार विपक्ष दलले मूख्य गरी बाढी पहिलोको कुरालाई ज्ञापनपत्रमा समावेश गरेका छन् । मूलत अध्यादेश र बाढी पहिरोको विषयलाई ज्ञापनपत्रमा समेटिएको छ । विपत्मा सरकारले राम्रोसँग काम गर्न नसकेको, पीडितलाई क्षतिपूर्ति दिने कुरामा ढिलाई गरेको भन्दै पीडितका लागि सरकारले तत्काल र दीर्घकालमा गर्नुपर्ने कार्यहरु ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमूहगत विभाजन नगरिएपछि पालो लिएर धारणा राखिरहेका छन एमालेका केन्द्रीय सदस्य
पुष २२, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सागसब्जी फलाएर जीविकोपार्जन गर्दै
पुष २२, २०८१ सोमबार
कास्कीमा लामिछानेका पक्षधर वकिलको बहस सुरू
पुष २२, २०८१ सोमबार
इटालियन प्रधानमन्त्री मेलोनी र ट्रम्पले सँगै हेरे फिल्म
पुष २२, २०८१ सोमबार
तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु
पुष २२, २०८१ सोमबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार