वाणिज्य बैंकहरुको मुनाफा साढे १७ अर्बः ७३ अर्ब कर्जा परिचालन, निक्षेप ३५ अर्बले बढ्यो
नेपालबहस संवाददाता
कात्तिक ५, २०८१ सोमबार १०:४४:११
५ कात्तिक, काठमाडौं । सञ्चालनमा रहेका २० वटा बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दुई महिनामा १७ अर्ब ६९ करोड ९२ लाख रुपैयाँ मुनाफा कमाएका छन् । दुई महिमामा बैंक तथा वित्तीय संस्थाबाट ७३ अर्ब कर्जा परिचालन भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा कर्जा परिचालन समग्र कर्जाको १.४ प्रतिशत बराबर हो ।
भदौ मसान्तसम्म विकास बैंकहरुको मुनाफा १ अर्ब ६४ करोड र फाइनान्सहरुको मुनाफा ८७ करोड रुपैयाँ रहेको छ । ३५ अर्ब निक्षेप थपिँदा बैंकिङ क्षेत्रको कर्जा परिचालन ७३ अर्ब भएको छ । राष्ट्र बैंकका अनुसार भदौ महिनासम्ममा सिटिजन बैंकले ५८ करोड ९८ लाख, एनएमबि बैंकले ७८ करोड २ लाख, प्रभु बैंकले ९१ करोड ३२ लाख र सानिमा बैंकले ६८ करोड ९२ लाख रुपैयाँ मुनाफा कमाएका छन् ।
प्राइम बैंकले ९७ करोड ४६ लाख, सिद्धार्थ बैंकले ६० करोड ५६ लाख, नेपाल बैंकले ६७ करोड ८२ लाख,एभरेष्ट बैंकले ८२ करोड ५५ लाख, एनआईसी एशियाले ५७ करोड ७५ लाख, लक्ष्मी सनराइजले ८६ करोड ४६ लाख, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ३ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६० करोड ६२ लाख, नेपाल एसबिआईले ५३ करोड ३९ लाख, माछापुच्छ्रे बैंकले ३९ करोड २५ लाख, कृषि विकास बैंकले ८८ करोड ७० लाख रुपैयाँ नाफा कमाएका छन् ।
धेरै नाफा कमाउने नबिल बैंक पहिलो स्थानमा रहेको छ । भदौं मसान्तसम्म नबिलले १ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको हो । धेरै नाफा कमाउने दोस्रो बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले दुई महिनामा १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४१ करोड २८ लाख, हिमालयन बैंकले १ अर्ब १६ करोड ८१ लाख, कुमारीले १ अर्ब ८ करोड ५० लाख रुपैयाँ नाफा कमाएका छन् ।
यस्तै दुई महिमामा बैंक तथा वित्तीय संस्थाले ७३ अर्ब कर्जा परिचालन गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.३३ अर्ब ६० करोडले बढेको थियो जुन ०.७ प्रतिशत हो । वार्षिक विन्दुगत (अघिल्लो वर्षको भदौ मसान्तको तुलना) मा भने यो विस्तार ६.६ प्रतिशतले बढेको छ ।
यो अवधिमा बैंकहरुको निक्षेप भने ३५ अर्ब रुपैयाँले मात्रै बढेको छ जुन कुल निक्षेपको ०.५ प्रतिशत बराबर हुन आउँछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ७ अर्ब ५६ करोड रुपैयाँले घटेको थियो । वार्षिक विन्दुगत आधारमा भने २०८१ भदौ मसान्तसम्मको निक्षेप विस्तार १३.८ प्रतिशत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार