माधव नेपालको चेतावनी, महाधिवेशनमा हारेर पार्टी फुटाउँछु भन्दै गीत गाउने स्वार्थीहरु छोडेर गए हुन्छ
नेपालबहस संवाददाता
कात्तिक ५, २०८१ सोमबार १४:२३:५३
५ कात्तिक, रुपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनमा हारेकाहरूले पार्टी फुटाउने हल्ला चलाएको बताएका छन् । उनले चुनावी प्रक्रियामा सहभागी हुने, हार्ने र पार्टी फुटाउँछु भन्दै गीत गाउनेहरूलाई पार्टीमा नबस्न चेतावनी दिएका छन् ।
आफ्नो पार्टी अरुमा विलीन हुन लागेको चर्चा चलाएर विरोधीहरू आत्मरतिमा लागेको उनको टिप्पणी छ । लुम्बिनी प्रदेशस्तरीय भेलालाई कपिलवस्तुमा सोमबार सम्बोधन गर्दै नेता नेपालले विरोधीहरूले चलाएका अफवाहबाट निराश नहुन आग्रह गरे । उनले समाजवादी अभियानलाई साथ दिन देशभरबाट साथ समर्थन भइरहेको दाबी गरे ।
नेपालले भने, ‘पदाधिकारीमा आकांक्षी धेरै भएकाले विकल्पमा निर्वाचन भयो, आफ्नै राजीखुसीले प्रक्रियामा भाग लिने र नसकेपछि गलत हल्ला चलाउने गीत गाउने काम भएको छ, यस्ता स्वार्थी व्यक्तिहरू गएपनि पार्टीमा फरक पर्दैन । उनीहरुको सामना गरेर अघि जानुको विकल्प छैन । स्वार्थीहरु गए हुन्छ ।’ कम्युनिष्ट आन्दोलनको इतिहास बचाउनका लागि आफ्नो पार्टी गठन भएको र यसको औचित्य पूरा भइरहेको दावी गर्दै उनले हरुवाहरुके गीत नचल्ने बताए ।
हरुवाहरुले पार्टी एमालेमा विलीन हुन लागेको अनर्थ चर्चा चलाएको भन्दै उनले एमालेमा विलीन हुने, माओवादीमा विलिन हुने हल्ला चलाइएको छ, त्यो बेकारको हल्ला हो, हामी आफ्नो अस्तित्वमा चलिरहेका छौँ, यो हामीलाई कमजोर बनाउनेहरूको हल्ला हो, आत्मरति हो, कागले कान लग्यो भनेर नदौडिनुस् कान छाम्नुस् । पार्टी गठनको औचित्य पूरा हुँदै गएको छ, जुन उद्देश्यका लागि हामीले पार्टी बनाएका थियौं, त्यो पूरा भइरहेको छ, हामी हल्लाको पछि लागेर हिँड्ने होइन, हाम्रो पार्टीले नेपाली राजनीतिमा गरेको योगदानको चर्चा भएको छ ।’
नेता नेपालले अहिले पनि देशका विभिन्न स्थानमा आफ्नो पार्टीमा प्रवेश गरिरहेकाले निराश नहुन कार्यकर्तालाई आग्रह गरेका थिए । अन्य प्रदेशमा एमाले, माओवादी, जसपा, राप्रपा छाडेर नेकपा एसमा आउनेक्रम छ, अब यहाँ पनि त्यो अभियानमा लाग्नुस्, लुम्बिनीमा किन कमजोर छ भनेर आत्मसमीक्षा गर्नुहोस्, यति धेरै संख्यामा केन्द्रका नेताहरू हुनुहुन्छ’, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
आइतबार ५ अंकले बढेर २५९१ मा बन्द भयो नप्से, ४ अर्ब ८६ करोडका शेयर खरिदबिक्री
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार