म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार १६:०:२५
६ कार्तिक, काठमाडौं । नयाँ म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक भएको छ। यो गीतको शब्द तथा भिडियोमा गाउँकी छोरीको जीवनशैली र परम्परागत पहिरनलाई प्रस्तुत गरिएको छ। यस गीतमा स्वर गायिका रिज्योना कार्कीले दिएकी छिन् भने शब्द शङ्कर अधिकारी घायलले लेखेका हुन्। सङ्गीत लक्ष्मण पोखरेलको रहेको छ भने सङ्गीत संयोजन अशोक थापाले गरेका छन्।
हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा अञ्जना तामाङको अभिनय देख्न सकिन्छ। सोसल मिडियामा सक्रिय अञ्जनाले टिकटक र रिल्समा राम्रो पहुँच राख्दै मोडलिङसँगै तरकारी व्यवसाय पनि सञ्चालन गर्छिन्। भिडियो निर्देशन र कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। छायाङ्कन दुर्गा पौडेलले गरेका छन् भने सम्पादन तथा रङ्ग संयोजन मनोज कार्कीको रहेको छ।
यस गीतले गाउँले जीवनको सरलता र प्रेमलाई विशेष रूपमा चित्रण गरेको छ। आमाको जस्तो बुलाकी र पान बुट्टे सारी जस्ता सांस्कृतिक पहिरनको आकाङ्क्षा गीतमा व्यक्त गरिएको छ। म्युजिक भिडियो हाइटेक इन्टरटेन्मेन्ट र चोकस म्युजिकको सहकार्यमा निर्माण गरिएको हो। यसअघि हाइटेकले मिलन नेवार र जोहेब मानन्धरको स्वर रहेको कर्मा शाक्य र रुबिना थापाको जीवन्त अभिनय रहेको म्युजिक भिडियो 'एक दिन' सार्वजनिक गरेको थियो, जुन चर्चित छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को तेस्रो गीत ‘मैजारो’ सार्वजनिक
असोज १८, २०८१ शुक्रबार
'मन बिनाको धन ठूलो कि धन बिनाको मन' बाट बिकले डेब्यु गर्दै
असोज १४, २०८१ सोमबार
सिड्नीमा गुञ्जिँए रामकृष्ण
असोज १३, २०८१ आइतबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
कात्तिक ६, २०८१ मंगलबार
सुप्रिम सहकारीः रवि र छबिका नाममा ४ करोड ५० लाख, सडकमा पीडितको प्रदर्शन
कात्तिक ६, २०८१ मंगलबार
सर्वोच्चमा चार सीट खाली, अदालत छिर्न शक्तिकेन्द्रतिर लागे उम्मेदवार
कात्तिक ६, २०८१ मंगलबार
दिल्लीबाट काठमाडौं आएको भिस्टाराको जहाजमा बम भएको हल्ला, सेनाले थाल्यो सर्च
कात्तिक ६, २०८१ मंगलबार
सन्दीप जोराको कप्तानीमा हङकङ सिक्सेस खेल्ने टिमको घोषणा
कात्तिक ६, २०८१ मंगलबार
प्रतिष्ठानहरुमा एक रुपता हुन जरुरी छः मन्त्री पाण्डे
कात्तिक ६, २०८१ मंगलबार
खनियाखर्क बजारमा बेच्न राखिएका स्थानीय उत्पादन
कात्तिक ६, २०८१ मंगलबार
लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु
कात्तिक ६, २०८१ मंगलबार
दशैंपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे
कात्तिक ६, २०८१ मंगलबार