इन्धन किन्दा ६६ अर्ब ९१ करोड बाहिरियोः तीन महिनामा ३ खर्ब ९० अर्बको आयात, ३८ अर्बको निर्यात
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार १५:११:५८
७ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड रूपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा आयात ४.१७ प्रतिशतले घटेको छ । सामान्यतया बढी वस्तु खपत हुने चाडबाड मुखमा वस्तु आयात बढ्नु विगतदेखिको प्रवृत्ति हो । तर, कोभिड महामारीयता यो प्रवृत्तिमा सुधार हुन सकेको छैन ।
यस्तै प्रवृत्ति यसपालि चाडबाड मुखमा समेत देखिएको छ । भन्सार विभागका अनुसार यस वर्ष असोजमा भदौको दाँजोमा समेत कम वस्तु आयात भएको छ । असोजमा १ खर्ब २८ अर्ब २० करोड रुपैयाँ बराबरको मात्र वस्तु आयात भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास (साउन–असोज) मा कुल वस्तु आयात ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँको मात्र भएको छ । यो अघिल्लो आव यसै महिनासम्मको तुलनामा ४.१७ प्रतिशत कम हो ।
गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात समेत ६.११ प्रतिशतले घटेको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा ३८ अर्ब ३७ करोड रूपैयाँको मात्रै वस्तु निर्यात भएको विभागले जनाएको छ । जबकि गत आर्थिक वर्षको पहिलो तीन महिनामा ४० अर्ब ८७ करोड ४८ लाख रूपैयाँको वस्तु निर्यात भएको छ ।
कुल व्यापारमा आयातको हिस्सा ९१.०६ प्रतिशत छ भने निर्यातको हिस्सा ८.९४ प्रतिशत मात्रै रहेको विभागले जनाएको छ । आयात र निर्यात दुवै घट्दा व्यापार घाटा पनि ३.९६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ३ खर्ब ६६ अर्ब ८८ करोड रूपैयाँ व्यापार घाटा रहेकामा चालु आर्थिक वर्षको सोही अवधिमा ३ खर्ब ५२ अर्ब ३७ करोड रूपैयाँ पुगेको छ ।
पहिलो तीन महिनामा पेट्रोलियम पदार्थ (इन्धन) आयातमै ६६ अर्ब ९१ करोड रुपैयाँ विदेशिएको छ । यस अवधिमा आइरन र स्टिल आयातमा ३३ अर्ब ११ करोड विदेशिएको विभागको तथ्यांक छ । नेपालको कुल निर्यातले पेट्रोलियम पदार्थको मात्र आयात पनि थेग्न नसक्ने अवस्था छ । यस अवधिमा २५ अर्ब २३ करोड रुपैयाँ बराबर सवारीसाधन आयात भएको छ । विद्युतीय सामान र उपकरण आयातका लागि २७ अर्ब ५८ करोड विदेशिएको छ ।
त्यस्तै १० अर्ब २० करोड बराबर औषधिजन्य सामग्री नेपाल भित्रिएको छ । नेपालले १ सय ३२ भन्दा बढी देशसँग वैदेशिक व्यापार गरेको छ । जसमा सबैभन्दा धेरै भारतसँग छ । भारतबाट तीन महिनामा २ खर्ब ४० अर्ब रुपैयाँको सामान नेपाल आएको छ । नेपालबाट २४ अर्ब ८५ करोड बराबरको सामान भारत गएको छ । चीनबाट ७८ अर्ब ६३ करोड रुपैयाँको सामान नेपाल आएको छ । नेपालबाट ५५ करोड रुपैयाँको मात्र सामान चीन गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
ढिस्कोमा पुरिएर एकजनाको मृत्यु
माघ १९, २०८१ शनिबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
केबलकार निर्माणविरुद्धको आन्दोलनः अरुण पूर्वका ९ जिल्ला बन्द, यातायात ठप्प
माघ २०, २०८१ आइतबार
मौलाकालिका अस्पतालको सेवा नयाँ भवनबाट
माघ २०, २०८१ आइतबार
आपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ
माघ २०, २०८१ आइतबार
भिरबाट लडेर एक युवकको मृत्यु
माघ २०, २०८१ आइतबार
अनलाइन जुवामा १ अर्ब बढी कारोबार, ललितपुरबाट १० भारतीय र १५ जना नेपाली पक्राउ
माघ २०, २०८१ आइतबार
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
माघ २०, २०८१ आइतबार