टर्कीको एयरोस्पेस कम्पनिमा हमला, चार जनाको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार २१:५६:१२
७ कात्तिक, बेलायत । टर्कीको एयरोस्पेस र डिफेन्स कम्पनी टुसासमा आक्रमण भएको छ । यस आक्रमणमा हालसम्म ४ जनाको मृत्यु भइसकेको र १४ जना घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ । राजधानी अंकाराबाट ४० किलोमिटर टाढा काहरामानकाजानमा आक्रमण भएको थियो । आक्रमणकारीहरू ट्याक्सीमा आएर अन्धाधुन्ध गोली चलाएको सार्वजनिक भएका सिसिटिभी फुटेजमा देख्न सकिन्छ । उनीहरू त्यहाँ पुगेपछि पहिले बम विष्फोट गरेर त्यसपछि गोली चलाउन थालेको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार ट्याक्सीमा जम्मा ३ जना सवार थिए । उनीहरुमध्ये एक महिला पनि थिइन् । तीमध्ये एक आत्मघाती हमलावर थिए, जसले आफूलाई बम विष्फोट गराए । बाँकी २ जनाले मानिसमाथि गोली चलाउन थालेको बताइएको छ । अहिले घटनास्थलमा सुरक्षा बल, एम्बुलेन्स र दमकल पठाइएको छ । स्थानीय मिडियाका अनुसार यस कम्पनीमा करिब १५ हजार मानिस काम गर्छन्।
टर्कीमा यसअघि पनि यस्ता आक्रमण भएका छन् । उनीहरुको पछाडि चरमपन्थी संगठन कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) को नाम आएको छ । स्थानीय सञ्चारमाध्यममा पनि यो हमलाको पछाडि उनको हात रहेको आशंका गरिएको छ । पिकेकेको स्थापना १९७८ मा अब्दुल्ला ओकलनद्वारा गरिएको थियो । पीकेकेले यसअघि टर्कीमा धेरै आतङ्ककारी घटनाहरू गराइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसमा मोदी र जिनपिङबीच भेटवार्ता
कात्तिक ७, २०८१ बुधबार
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न थप १५ सय सेना पठाएको दक्षिण कोरियाको दाबी
कात्तिक ७, २०८१ बुधबार
नयाँ इजरायली निकासी आदेश पछि लेबनानी नागरिकको भागाभाग
कात्तिक ७, २०८१ बुधबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कात्तिक ७, २०८१ बुधबार
सवारी चालकमाथि ट्राफिक प्रहरीले गैरकानूनी काम गरी दुःख दिएको भन्दै सर्वोच्चमा रिट दायर
कात्तिक ७, २०८१ बुधबार
सीडीओ र एसपीलाई तानियो, कमाण्ड कन्ट्रोल गर्न नसकेको आरोप
कात्तिक ७, २०८१ बुधबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी उठ्ने रविको बठ्याई
कात्तिक ७, २०८१ बुधबार
रुसमा मोदी र जिनपिङबीच भेटवार्ता
कात्तिक ७, २०८१ बुधबार
टर्कीको एयरोस्पेस कम्पनिमा हमला, चार जनाको मृत्यु
कात्तिक ७, २०८१ बुधबार
कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित
कात्तिक ७, २०८१ बुधबार
वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान
कात्तिक ७, २०८१ बुधबार