रुसमा मोदी र जिनपिङबीच भेटवार्ता
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार २२:१:११
७ कात्तिक, काठमाडौं । रुसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनपछि प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा दुई देशका शीर्ष नेताबीच भएको कुराकानीको विवरण भारतीय विदेश मन्त्रालयले दिएको छ । विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीले पूर्वी लद्दाखमा एलएसीमा गस्ती सम्बन्धी सम्झौताको स्वागत गरेका थिए ।
दुई देशबीचको मतभेद र विवादलाई राम्ररी समाधान गर्न र शान्ति र सद्भावमा खलल नपर्न दिनु पर्नेमा पनि जोड दिएको मत्न्रालयले उल्लेख गरेको छ । भेटमा दुवै देशका शीर्ष नेताहरूले छिट्टै दुवै देशका प्रतिनिधिबीच भेटवार्ता गरी भारत–चीन सीमा समस्यामा शान्ति र सद्भावको व्यवस्थापनका सम्बन्धमा दुई देशबीचको निष्पक्ष, उपयुक्त र स्वीकार्य समाधान खोज्ने सहमति भएको छ ।
दुई देशका शीर्ष नेताहरूले दुई छिमेकी र विश्वका दुई ठूला देश भएकाले भारत र चीनबीचको स्थिर, अनुमानित र सौहार्दपूर्ण सम्बन्धले क्षेत्रीय र विश्वव्यापी शान्ति र समृद्धिमा सकारात्मक प्रभाव पार्ने कुरामा जोड दिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटर्कीको एयरोस्पेस कम्पनिमा हमला, चार जनाको मृत्यु
कात्तिक ७, २०८१ बुधबार
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न थप १५ सय सेना पठाएको दक्षिण कोरियाको दाबी
कात्तिक ७, २०८१ बुधबार
नयाँ इजरायली निकासी आदेश पछि लेबनानी नागरिकको भागाभाग
कात्तिक ७, २०८१ बुधबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कात्तिक ७, २०८१ बुधबार
सवारी चालकमाथि ट्राफिक प्रहरीले गैरकानूनी काम गरी दुःख दिएको भन्दै सर्वोच्चमा रिट दायर
कात्तिक ७, २०८१ बुधबार
सीडीओ र एसपीलाई तानियो, कमाण्ड कन्ट्रोल गर्न नसकेको आरोप
कात्तिक ७, २०८१ बुधबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी उठ्ने रविको बठ्याई
कात्तिक ७, २०८१ बुधबार
रुसमा मोदी र जिनपिङबीच भेटवार्ता
कात्तिक ७, २०८१ बुधबार
टर्कीको एयरोस्पेस कम्पनिमा हमला, चार जनाको मृत्यु
कात्तिक ७, २०८१ बुधबार
कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित
कात्तिक ७, २०८१ बुधबार
वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान
कात्तिक ७, २०८१ बुधबार