भारतमा चक्रवाती आँधी 'दाना' को चेतावनी
नेपालबहस संवाददाता
कात्तिक ८, २०८१ बिहिबार १२:३६:२६
८ कार्तिक, काठमाडौं । भारतमा चक्रवाती आँधी 'दाना' को चेतावनी जारी गरिएको छ । बिहीबार पश्चिम बंगाल र ओडिशाको तटमा पुग्ने बताइएको छ ।
भारतीय मौसम विज्ञान विभागले दाना आँधीबारे जानकारी दिँदै आँधीले गत राति घातक चक्रवाती आँधीको रुप लिएको छ र विगत ६ घण्टादेखि १२ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–पश्चिम दिशामा सरेको बताएको छ ।
दाना आँधी अहिले मध्य र उत्तर-पश्चिम बंगालको खाडीमा ओडिशाको पराद्वीपबाट २६० किलोमिटर दक्षिण(पश्चिममा रहेको छ । उत्तरपश्चिमबाट उत्तरी ओडिशा र पश्चिम बंगालतर्फ सर्ने सम्भावना रहेको विभागले बताएको छ ।
आँधीको चेतावनीपछि पश्चिम बंगाल सरकारले नौ जिल्लाका सबै विद्यालय बन्द राख्न निर्देशन दिएको छ । जिल्ला प्रशासनले माछा मार्नेहरुलाई समुन्द्रमा नजान आग्रह गरेको छ । समुन्द्रमा गएका मछुवाहरुलाई फिर्ता बोलाइएको छ । तटीय क्षेत्रमा माइकमार्फत सर्वसाधारणलाई सचेत गराइएको छ ।
त्यस्तै ओडिशाको प्रसिद्ध पर्यटकीय गन्तव्य पुरीबाट मंगलबार पर्यटकलाई बाहिर निकालिएको छ । प्रदेशका १४ जिल्लाका सबै विद्यालय २३ गतेदेखि २५ गतेसम्म बन्द रहनेछन् । दानालाई ध्यानमा राख्दै राष्ट्रपति द्रौपदी मुर्मुको भ्रमण पनि स्थगित गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडामा विदेशी कामदारको संख्या घटाउने प्रधानमन्त्री ट्रुडोको घोषणा
कात्तिक ८, २०८१ बिहिबार
मस्कको दैनिक एक मिलियन वितरण गर्ने योजनाप्रति सरकारको चेतावनी
कात्तिक ८, २०८१ बिहिबार
हिजबुल्लाहको कार्यकारी परिषद्का प्रमुख सफीद्दीनको मृत्यु भएको पुष्टि
कात्तिक ८, २०८१ बिहिबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी नउठ्ने रविको बठ्याई
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी नउठ्ने रविको बठ्याई
कात्तिक ७, २०८१ बुधबार
सीडीओ र एसपीलाई तानियो, कमाण्ड कन्ट्रोल गर्न नसकेको आरोप
कात्तिक ७, २०८१ बुधबार
न्यायाशीध पौडेलको इजलासमा रवि र छविको बहस
कात्तिक ८, २०८१ बिहिबार
बाढीपहिरो प्रभावितलाई निःशुल्क स्वास्थ्य शिविर
कात्तिक ८, २०८१ बिहिबार
वाशिंटन सुन्दरले ७ विकेट लिएपछि न्यूजील्याण्ड २५९ रनमा अलआउट
कात्तिक ८, २०८१ बिहिबार
७८ हजार घुससहित दिउँसै समातिए सिम्रौनगढ नगरपालिकाका प्रशासकीय अधिकृत साह
कात्तिक ८, २०८१ बिहिबार
माल्दिभ्सलाई १३ गोल हानेर सेमिफाइनलमा पुग्यो भुटान
कात्तिक ८, २०८१ बिहिबार
गगन थापाको भाजपा विदेश विभाग प्रमुख चौथाइवालेसँग भेटवार्ता
कात्तिक ८, २०८१ बिहिबार