यो भन्दा बलियो अर्को सरकार बन्दैन: शेखर कोइराला
नेपालबहस संवाददाता
कात्तिक ८, २०८१ बिहिबार १२:४०:५४
८ कात्तिक, विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले नेपालमा यो भन्दा बलियो सरकार नबन्ने भन्दै यही सरकारले विकासमा तीव्रता दिनुपर्ने बताएका छन् । उनले अहिलेको सरकारको काम भनेको जनताले दिएको म्यान्डेट अनुसार संविधानमा केही सुधार गर्ने, जनसेवा सहज बनाएर जनतामा आशा र भरोसा जगाउनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा रहेको दावी गरे । कांग्रेस र एमालेको गठबन्धन सरकार बनेपछि आम जनताले सरकारको कामले गति लिन्छ भन्ने सोचेको तर, त्यो अनुसार सरकारले काम गर्न नसकेको उनले बताए ।
बलियो सरकार भएर पनि परिणाम आएन, यसैले सरकारमाथि प्रश्न उठ्यो, उनले भने, सरकारसामु अप्ठ्यारा होलान्, हामी देख्न सक्छौं । तर दुई ठूला दल एक ठाउँमा आएपछि राजनीतिक स्थायित्व, आर्थिक विकास, संविधान संशोधन र सुशासनका कुरा अघि बढ्छन् भन्ने जनताको बुझाइ थियो । हामीले त्यही सोचेर गठबन्धन बनाएका हौँ र त्यही अनुसार सरकार अगाडि बढ्नुपर्छ ।
कांग्रेस र एमाले दुई ठूला दलको करिब दुईतिहाइ बहुमतको सरकार रहेको र दुईदलीय सरकारले राम्रो काम गर्नुपर्ने उनले बताए । उनले सरकारसँग कम समय भएकाले जनताका चासो र विकासमा तीव्रता दिनुपर्ने धारणा राखे । मुलुकका केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको उनको भनाइ थियो ।
नेता कोइरालाले मुलुकको समग्र विकासका लागि संघीयता आवश्यक रहेको बताउँदै संघीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने धारणा राखे । दल विभाजन ऐन सरकारको प्राथमिकतामा नरहेको उनले स्पष्ट पारे । नेपालको परराष्ट्र नीतिमा एकरूपता हुनुपर्ने उनको धारणा थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार