महानगरका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले ७ लाख ५० हजारसम्म खर्च गर्न पाउने
नेपालबहस संवाददाता
कात्तिक ९, २०८१ शुक्रबार १५:२३:१२
९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा स्थानीय तहका उम्मेदवारको खर्च सीमा तोकेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै खर्चको सीमा तोकिदिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारका लागि सात लाख पचास हजार रुपैयाँ तोकिएको छ ।
उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले पाँच लाख पचास हजार, नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले चार लाख पचास हजार खर्च गर्न पाउने आयोगले जनाएको छ । गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले तीन लाख पचास हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा पचास हजार खर्च गर्न सक्नेछन् ।
महानगरपालिकाका वडा अध्यक्षका उमेदवारले तीन लाख रुपैयाँ, उपमहानगरपालिकाका वडा अध्यक्ष उमेदवारले दुई लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । नगरपालिकाका वडा अध्यक्षका उमेदवारले दुई लाख रुपैयाँ र गाउँपालिकाका वडा अध्यक्ष पदका उमेदवारले एक लाख पचास हजार रुपैयाँसम्म खर्च गर्नसक्ने गरी हद तोकिएको निर्वाचन आयोगले जनाएको छ । आगामी मंसिर १६ गते स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन हुँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार