धर्मेन्द्र झाको मैथिली तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक ५, २०८१ सोमबार १३:०:०
५ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाको नयाँ मैथिली कृति ‘व्योमक ओहि पार’ सार्वजनिक भएको छ। झाद्वारा लिखित मैथिली भाषाको पहिलो तांका संग्रह ‘व्योमक ओहि पार’ सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक भएको हो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकारद्वय तारानाथ दाहाल र बबिता बस्नेत, साहित्यकार विजेता चौधरी, प्रकाशक दामोदर दवाडीले संयुक्त रूपमा झाको तांका संग्रह सार्वजनिक गरेका हुन् ।
पत्रकार झा मैथिली साहित्यमा धर्मेन्द्र विह्वलका नामले स्थापित छन् । झाले १ सय १२ वटा तांका लेखिएको ‘व्योमक ओहि पार’ को प्रकाशन नेपालवाणी मिडिया ग्रुप प्रालिले गरेको छ। यसअघि मैथिली तथा नेपाली भाषामा विभिन्न कृति लेखिसकेका झाले मैथिली भाषामा पहिलोपटक तांका संग्रह प्रकाशन गर्ने जमर्को गरेको बताए ।
पत्रकारिताका साथै मैथिली र नेपाली साहित्यमा निरन्तर कलम चलाउँदै आएका झाको यसअघि मैथिलीमा रास्ता तकैत जिनगी 'कविता संग्रह', एक सृष्टि एक कविता 'दीर्घ कविता', एक समयक बात 'हाइकु संग्रह' र धुवाँएल आकृतिसभ 'छौक संग्रह' प्रकाशित भइसकेका छन् ।
यसैगरी गोनुझाका कथाहरू, कौशलका परिहास, भ्रमरका उत्कृष्ट नाटकहरू, नेपाली मिथक कोष, नेपालीय मैथिली छापा पत्रकारिताको इतिहासलगायतका नेपाली कृतिहरू प्रकाशित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार
आगामी भदौ १४ गतेदेखि छुनुमुनु नेपाल भारत बाल नाटक महोत्सव २०८१ हुने
भदौ १८, २०८१ मंगलबार
पोखरामा अखण्डको उपन्यास ‘बोरा’ को परिचर्चा
साउन २७, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार