दुई दलीय व्यवस्था बनाउन प्रधानमन्त्रीले हामीलाई सिध्याउने बाटो खोजिरहेका छन्ः नेपाल
नेपालबहस संवाददाता
कात्तिक १२, २०८१ सोमबार १३:३७:३४
१२ कात्तिक, पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी सिध्याउने रणनीतिमा लागेको बताएका छन् । उनले दुई दलीय व्यवस्थाका लागि अध्यादेश ल्याउन लागेको र यो कांग्रेस–एमालेको फाइदाका लागि भएको दावी गरेका छन् । उनले एमालेसँग पार्टी एकताको कल्पना गर्न नसकिएपनि माओवादीसँग एकता हुन सक्ने बताएका छन् ।
समाजवादी प्रेस संगठन नेपाल कास्कीद्वारा सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यसअघि सरकारले आवश्यकताका लागि अध्यादेश ल्याएको तर, यो पटक दल सिध्याउन अध्यादेश लयउन लागिएको बताए । अहिले आवश्यकभन्दा पनि पूर्वाग्रहका साथ ल्याउन लागिएको हो । उ बेला पार्टीभित्रको ठूलो हिस्सा अन्यायमा परेको थियो । जनता सडकमा उत्रिएका थिए । त्यस बेला न्याय चाहिएको थियो । अहिले कुनै बाध्यता छैन । स्थिति छैन । तर, सरकारलाई बाँकी दल फुटाउनु छ, उनले भने ।
नेपालको राजनीति मौसम जस्तै पूर्वानुमान गर्नै नसकिने भएको भन्दै अहिलेको सरकार काम गर्नेभन्दा पनि बोल्ने मात्र रहेको बताए । जनताको पीडा सम्बोधन र समाधानमा सरकार इमानदारीका साथ नलागेको उनको आरोप छ । विपद्मा पनि सरकार नदेखिएको र जनप्रतिनिधि निवास, सरकारी भवन निर्माणमा नै केन्द्रित रहेको उनको भनाइ थियो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललगायत १६ वटा विमानस्थल, भ्युटावर, गाउँपालिका–नगरपालिका र वडाका भवन, पालिकाभित्रका अस्पताललगायतमा अनावश्यक लगानी भएको उनले बताएका छन् । समाजवादी यात्रा गर्दा राोजगारी, सुशासन, उत्पादन, देशका परियोजना विचार पुर्याइ तय गर्ने, बजारको व्यवस्थापन र मूल्यांकन गर्ने बताउँदै नेपालले माओवादीसँग एकताको सम्भावना रहेको र एमालेसँग कल्पना नै गर्न नसकिने बताए ।
सहकारीपीडितका मुद्दालाई तत्काल सम्बोधन गर्नुपर्ने उनले बताए । नजिकिँदै गरेको उपनिर्वाचनमा पनि समाजवादी एक्लै चुनाव लड्ने र यसका लागि उम्मेदवार तयार भएको उनले बताए । दसौँ महाधिवेशनपछि पार्टी नयाँ सोचबाट अघि बढाउदै आएको भन्दै उनले निर्वाचनले कतिपयलाई समेट्न नसकिएको बताए । पार्टीको प्रदेश अधिवेशनको तयारी भएको र जिल्लाको पनि क्रमश गर्दै जाने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
आइतबार ५ अंकले बढेर २५९१ मा बन्द भयो नप्से, ४ अर्ब ८६ करोडका शेयर खरिदबिक्री
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार