हतियारमा सरकारको विभेद: प्रहरीलाई रोक्ने, सेनालाई बोक्ने !
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार १२:४१:५४
१३ कात्तिक, काठमाडौं । दिनहुँ आन्दोलन भइरहने र त्यसको प्रतिरक्षा गर्ने नेपाल प्रहरीमा हातहतियारको अभाव हुन थालेको छ । अश्रुग्यास लगायतका सामाग्रीहरु सेना र सशस्त्र प्रहरीसँग सापटी मागेर चलाउनु पर्ने अवस्था छ । २०७० सालपछि नेपाल प्रहरीले चाहेजस्तो र आवश्यक पर्ने हतियार खरिद गर्न पाएको छैन । तर नेपाली सेनाले यो अवधिमा दर्जनौं पटक सैन्य सामाग्री खरिद गरिसकेको छ ।
अहिले पनि राष्ट्रिय सुरक्षा परिषदले नेपाली सेनालाई चाहिने हात हतियार, खरखजना र सैन्य सामग्री खरिद गर्न प्रस्ताव गरेको छ । आइतबार बसेको परिषदको बैठकले सेनालाई सैन्य सामग्री खरिद गर्न प्रस्ताव गरेको रक्षा सचिव रामेश्वर दंगालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो प्रस्ताव मन्त्रिपरिषदले स्वीकृति दिए सेनालाई हतियार खरिद गर्न बाटो खुल्छ । सुरक्षा परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ भने रक्षा, गृह, परराष्ट्र, अर्थ, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहन्छन् । त्यस्तै रक्षा सचिव परिषदको सदस्यसचिव रहने गर्दछन् ।
दुई वर्ष अघि नेपाल प्रहरीका लागि ८४ करोड रुपैयाँ बराबरको हतियार तथा भीड नियन्त्रण सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाइएको थियो । नेपाल प्रहरीले सात वर्ष अघिदेखि हतियार खरिद नभएको भन्दै एक अर्ब ३५ करोड रुपैयाँ बराबरको हतियार तथा गोलीगठ्ठा खरिद गर्ने प्रस्ताव गरेको थियो । तर सरकारले यो आर्थिक वर्षको अन्त्यतिर प्रहरीलाई हतियार खरिदका लागि ८४ करोड रुपैयाँ मात्र रकमान्तर गरिदिएको थियो ।
सो विषय सार्वजनिक भएपछि रोकिएको थियो । तर नेपाली सेनाले भने दुई वर्ष भित्रमै अरबौं रुपैयाँको सैन्य सामाग्री खरिद गरिसकेको छ । प्रहरीले १२ बोर हतियारबाहेक इटालीको बेर्रेटा कम्पनीको एक हजार वटा पेस्तोल, २५ हजार अश्रु ग्याँस, ११५० वटा फोल्डिङ सर्ट गन र १० लाख प्लास्टिकका गोली खरिद प्रक्रिया पनि अघि बढाएको थियो । विभिन्न हतियारमा लाग्ने ५ लाख गोली चाहिँ प्रहरीले नेपाली सेनाबाट खरिद गरेको थियो ।
प्रहरीले प्रति गोटा सर्टगनका लागि २१०० डलर र ६ एमएमको पेस्तोलका लागि प्रति गोटा ६९९ डलर खर्च गर्ने जनाएको थियो । तर यी सबै प्रकृया अहिलेसम्म रोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीको फितलो अनुसन्धानमा महान्यायाधिवक्ताको प्रश्नै प्रश्न
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
कात्तिक १३, २०८१ मंगलबार
तस्करी गर्न नपाएपछि कर्मचारी बिदा छोड्दै डीएसपी कटुवाल
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
कात्तिक १३, २०८१ मंगलबार
भोलि हुने साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने
कात्तिक १३, २०८१ मंगलबार
कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार
कात्तिक १४, २०८१ बुधबार
देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक १४, २०८१ बुधबार
व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार
कात्तिक १३, २०८१ मंगलबार
चाडवाडका लागि भित्रियो ३२ करोडको नरिवल
कात्तिक १३, २०८१ मंगलबार
सरकारले गठन गर्यो नयाँ भूमि आयोग, अध्यक्षमा हरिप्रसाद रिजाल
कात्तिक १३, २०८१ मंगलबार
ढकाल जलवायुविज्ञ सल्लाहकार नियुक्त
कात्तिक १३, २०८१ मंगलबार