मेयरको भूमिकामा छन् प्रम ओली ?
इन्द्र रिजाल
बैशाख २०, २०७६ शुक्रबार २०:३२:२४
समाचार टिप्पणी
के पी शर्मा ओली प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालको दोस्रो वर्षमा छन् । नेपाली काग्रेस भित्रको आन्तरिक विवाद र नेतृत्वप्रतिको वितृष्णाले सत्ताको ढोका खोलिदिएको तत्कालिन एमाले अध्यक्ष ओलीको साख र ग्राफ अहिले धुलिसात् भएको छ ।
गएको वर्ष सत्ता हत्याउन माओवादीको बुई चढेका ओलीले जनमत त पाए । तर त्यसको सही उपयोग भने गर्न सकेनन् । अनेकन सपना बाँडेर जनता ढाँट्न सफल भएका ओलीको दोस्रो वर्षे कार्यकालको आज नीति तथा कार्यक्रम आएको छ । संसद्मा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमले फेरि नेपाली जनतालाई बेवकुफ बनाउने असफल प्रयास गरेको छ । वितेको डेढ वर्षे उखानटुक्का र गालीगलौजमा विताएको ओलीको झुठो आश्वासनको पुलिन्दा पुन खोलिएको छ । तर अब नेपाली जनताले त्यसलाई पत्याउने अवस्था छैन ।
सत्तामा आएपछिका हरेक घटनाक्रमलाई नियाल्ने हो भने सधैं विवादापस्पद र राष्ट्रघाती निर्णय मात्र भएको पाइन्छ । सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण फगत गफैमा सीमित छ । बरु आजसम्म नभएका डरलाग्दा प्रकरणमा एमाले नेताको संलग्नता देखिएको छ । चाहे त्यो बालुवाटारको ललिता निवासको जग्गाकाण्ड होस् कि खुलामञ्चमा महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको द्रव्यमोह किन नहोस् एमाले नेतृत्वको प्रत्यक्ष संलग्नता देखिएको छ ।
नेपाली जनताको विश्वास र भरोसा पाएर प्रचण्ड बहुमतका साथ सत्तारुढ भएको कम्युनिष्टहरुको पछिल्लो कृयाकलापले उनीहरुको मुखुण्डो उदांगो भएको छ । समृद्ध नेपाल सुखी नेपालीको नारालाई अब कसैले पत्याउने अवस्था छैन । प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्तिले झापाको क्षेत्र नं ५ मात्रै आफ्नो ठान्ने प्रवृत्तिले ओलीको आत्मबल र विश्वास उजागर भएको छ ।
प्रधानमन्त्रीले राष्ट्रिय योजना आयोगमा आफ्नो संसदीय क्षेत्रमा मात्रै ठूल्ठूला विकास आयोजना पार्न दवाव दिएको सार्वजनिक भएको छ । एउटा संसदीय क्षेत्र त्यसमा पनि दमक नगरपालिका मात्रै ओलीको रुचि र प्राथमिकतामा परेको देखिन्छ । यो अवस्थामा ओली मुलुकको प्रधानमन्त्री कि दमक नगरपालिकाको मेयर ? आज नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यो प्रश्न उठाएका छन् ।
ललिता निवास क्षेत्रमा आफ्नै पार्टी महासचिवले जग्गा किनेको प्रसंगलाई प्रधानमन्त्रीले खुलेर जोगाउने प्रयास गरेका छन् । पार्टी भित्रबाटै व्यापक विरोध र असन्तुष्टि व्यक्त भइरहेका बेला प्रधानमन्त्री भने विष्णु पौडेलको बचाउ गर्न उद्यत छन् । महासचिवले व्यक्तिबाट जग्गा किनेकोले अपराध नगरेको उनको लुते तर्क रहेको छ । व्यक्तिबाटै किनेको जग्गा हो भने पनि किन्ने मानिसले आफ्नो जग्गा कहाँ परेको छ र कुन अवस्थामा छ भनेर पक्कै पनि यकिन गर्छ नै ।
त्यसो हुँदा उनले प्रधानमन्त्री निवासभित्र पर्ने जग्गा बुझेर नै किनेको हुनुपर्छ । यसले उनको नियत खराब रहेको स्पष्ट हुन्छ । फेरि त्यस्तो प्राइम लोकेसनको जग्गा केवल पचास हजार रुपियाँ प्रति आना पाउनु भनेको अवश्य पनि दुर्नियत र खोट छ भन्ने स्पष्ट हुन्छ । यस्तो संवेदनशील विषयमा सरकारले थप छानविन गरी कारबाही गर्नुको सट्टा उन्मुक्ति दिने प्रयास गर्नु बिडम्बनाको विषय हो । आगामी दिन नेपाली जनताले यसको हिसाबकिताव अवश्य पनि गर्ने नै छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार