२७ सयमाथि पुगेको नेप्से १४ अंकले घटेर २६७७ विन्दुमा बन्द, ५ अर्ब ९५ करोडको कारोबार
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार १५:५८:३१
१४ कात्तिक, काठमाडौं । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर किनबेच हुदा ५ अर्ब ९५ करोड ३९ लाख बराबरको कारोबार भएको थियो ।
कारोबार भइरहँदा दुई पटकसम्म बजारले २७ सय अंक नाघे पनि टिक्न सकेन । कारोबार सुरु भएको पाँच मिनेटमै २७०५ अंकसम्म पुगेको नेप्से दोस्रोपटक ११ ः ४२ बजे फेरि २७०१ अंक पुगेको बजार त्यसपछि बिक्री चाप आउँदा ओरालो लाग्यो ।
आज गुँरास लघुवित्त र मिड सोलु हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको सबैभन्दा बढी ४.९० प्रतिशतले घटेको छ । सबैभन्दा सीइबीडी हाइड्रोको ३४ करोड १७ लाख ९७ हजार बराबरको कारोबार भएको छ भने हिमालय उर्जा विकासको सबै भन्दा बढी ६ लाख ९७ हजार ९१६ कित्ता शेयर कारोबार भएको छ ।
होटल तथा पर्यटन समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो समूहको सूचक २.५२ प्रतिशत बढ्यो । त्यसबाहेक निर्जीवन बीमा ०.४९ र व्यापार समूह ०.३२ प्रतिशत बढे । लगानी समूह सबैभन्दा धेरै १.४१ प्रतिशत घट्यो । बैंकिङ ०.७२, विकास बैंक ०.४३, फाइनान्स १.०२, हाइड्रोपावर ०.३३, जीवन बीमा ०.९८, उत्पादन ०.९६, माइक्रोफाइनान्स ०.१४ र अन्य समूह ०.७४ प्रतिशत घटे ।
गुराँस लघुवित्त, मिडसोलु हाइड्रोपावर, अपरस्याङ्गे हाइड्रोपावर र कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सानिमा जीआईसी इन्स्योरेन्सको मूल्य ९.९, एक्सल डेभलपमेन्ट बैंकको ९.९ प्रतिशत मूल्य बढ्यो । राम्रो लाभांश घोषणा गरेको स्टान्डर्ड चार्टर्ड बैंकको मूल्य ५.६५ प्रतिशत बढ्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४६.६९ अंकले बढेर २६९२ अंकमा पुग्यो नेप्से, कारोबारमा आएका १३ वटै समूहगत परिसूचक बढे
कात्तिक १३, २०८१ मंगलबार
२७ अंकले बढेर २६४५ बिन्दुमा उक्लियो नेप्से, ५ अर्ब ३४ करोडका शेयर खरिदबिक्री
कात्तिक १२, २०८१ सोमबार
९ अंकले घटेर २६१७ अंकमा झर्याे नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
गरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टीमलाई प्रति गोल १ लाख पुरस्कार दिने
कात्तिक १४, २०८१ बुधबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
कात्तिक १४, २०८१ बुधबार
युक्रेनबारे चीन र रुसबीच छलफल, पश्चिमी देशद्वारा उत्तर कोरियाली सेनाको आलोचना
कात्तिक १४, २०८१ बुधबार
तीन महिनामा नेपालमा प्रेस स्वतन्त्रता हननका १९ घटना, धम्कीका सबैभन्दा बढी
कात्तिक १४, २०८१ बुधबार
यस्तो छ फाइनलमा बंगलादेशविरुद्ध खेल्ने नेपाली प्लेइङ-११
कात्तिक १४, २०८१ बुधबार
कम्युनिष्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक छ : प्रचण्ड
कात्तिक १४, २०८१ बुधबार
मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक
कात्तिक १४, २०८१ बुधबार