रुसमा गुगललाई विश्वको जीडीपीको ६२० गुणाबढी जरिवाना
नेपालबहस संवाददाता
कात्तिक १५, २०८१ बिहिबार १०:४८:१५
१५ कात्तिक, काठमाडौं । रुसी अदालतले गुगललाई २० ट्रिलियन डलर जरिवाना लगाएको छ । यो रकम सम्पूर्ण विश्वको जीडीपीको ६२० गुणा बढी हो । यसको अर्थ विश्वका सबै देशको जीडीपी ६२० गुणा जोड्दा मात्रै यो रकम जम्मा हुन सक्छ ।
गुगलले २०२० मा १७ प्रो-रूसी यूट्यूब च्यानलहरू प्रतिबन्ध लगाएको थियो । यसविरुद्ध च्यानलहरूले अदालतमा मुद्दा दायर गरेका थिए । सन् २०२० मा सुनुवाइ गर्दै अदालतले च्यानलमाथिको प्रतिबन्ध फुकुवा नभएसम्म दैनिक १ लाख रुबल ९रुसी मुद्रा० जरिवाना गरेको थियो ।
यसका लागि ९ महिनाको समय दिइएको थियो । यस अवधिमा कम्पनीले जरिवाना नतिरेमा हरेक २४ घण्टामा दोब्बर हुने बताइएको थियो । अहिले यो जरिवाना २० ट्रिलियन डलर पुगेको छ ।
गुगललाई २०२२ मा रूसमा दिवालिया घोषित गरिएको थियो, तर गुगलको सर्च इन्जिन र युट्युब जस्ता सेवाहरू अझै पनि रूसमा उपलब्ध छन् । रूसले एक्स र फेसबुकलाई पनि प्रतिबन्ध लगाएको छ, तर गुगलमा यो प्रतिबन्ध अझै लगाइएको छैन । तर, गुगलले रुसमा आफ्नो सेवा भने घटाएको छ ।
यति ठूलो जरिवाना संसारको कानुनी इतिहासमा सबैभन्दा ठूलो जरिवाना मध्ये एक हो । यसले गुगलले आफ्नो सेवामा असर नपर्ने बताएको छ ।
पछिल्लो १० वर्षमा विभिन्न देशले गुगललाई कुल १४ अर्ब डलर जरिवाना लगाएका छन् । त्यस्तै बेलायतमा पनि गुगलले डिजिटल विज्ञापन बजारको अनुचित फाइदा उठाएको आरोप लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमुद्र मुनी वैज्ञानिकहरूले फेला पारे ‘डुबेको संसार', थप खोज हुँदै
माघ १८, २०८१ शुक्रबार
सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने
माघ १७, २०८१ बिहिबार
इरानले गर्यो नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन, पश्चिमा देशहरू चिन्तित
माघ २०, २०८१ आइतबार
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
माघ २०, २०८१ आइतबार
बौधीमाईका मेयरले गरे प्रभु साहमाथि अवहेलना मुद्दा दर्ता
माघ २०, २०८१ आइतबार
टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई
माघ २०, २०८१ आइतबार
सहकारी ठगीको आरोपमा पक्राउ परेका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप
माघ २०, २०८१ आइतबार
आचारसंहिता उल्लंघन गर्ने एकदर्जन बढी सञ्चारमाध्यमलाई कारबाही
माघ २०, २०८१ आइतबार