तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार २३:३४:१५
१८ कात्तिक, काठमाडौं । मोरङ प्रहरीले शुक्रबार राती पक्राउ परेका १० जुवाडेलाई विनाशर्त शनिबार राती सुटुक्क छाडिदिएको छ । भर्खरै मोरङ प्रहरीको कमाण्ड सम्हालेका एसपी नारायण चिमोरियाले उनीहरुलाई सुटुक्क छाडिदिएका हुन् । ‘तिहार मनाउन हाजिर जमानीमा छाडिएको छ’, मोरङ प्रहरी स्रोतले भन्यो ।
शुक्रबार साँझ विराटनगर –११ स्थित संगम पार्टी प्यालेसमा जुवा, तास खेलिरहेको अवस्थामा मोरङ प्रहरीले १० जनालाई पक्राउ गरेको थियो । शुक्रबार राती जुवा, तास खेलिरहेको अवस्थामा नगद १० लाख ६ हजार ९ सय ९५ रूपैयाँसहित १० जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरूमा मोरङ बिराटनगर महानगरपालिका – ११ का वर्ष ६१ वर्षीय राजन कँडेल, विराटनगर– १२ का ४१ वर्षीय टुनटुन शर्मा, विराटनगर –११ का ५७ वर्षीय पशुपति भगत, विराटनगर – १२ का ४७ वर्षीय सुरेन्द्र ठाकुर विराटनगर– ११ का ५० वर्षीय विरेन्द्र साह, विराटनगर– ३ का ५५ वर्षीय श्रुव सिग्देल, विराटनगर– ५ का ५५ वर्षीय मनिराज प्रसाईँ, विराटनगर– १२ का ५०वर्षीय बाबुराम कट्टेल, विराटनगर– १२ का ४६ वर्षीय लिला सहनी र विराटनगर –११ का पाटी प्यालेस सञ्चालक ५९ वर्षीय पदम श्रेष्ठ थिए । पशुपति भगत लगायतका व्यक्तिहरूसँगको मिलेमतोमा प्रहरीले उनीहरुलाई छाडिएको हो । पक्राउ परेकाहरूको साथबाट ५ बुक ताससमेत बरामद भएको थियो ।
एसपी राजन लिम्बूको काज खारेजी गरेर गणमा रहेका एसपी चिमोरिया मोरङ प्रहरी प्रमुख हुन सफल भएपछि उनले पहिलो लटमै जुवाडे छाडेका हुन् । पक्राउ परेका मध्ये अधिकांश व्यापारीहरु समेत रहेकाले उनले सबैलाई सहुलियत दिएको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ
माघ २०, २०८१ आइतबार
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
माघ २०, २०८१ आइतबार
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ
माघ १९, २०८१ शनिबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
केबलकार निर्माणविरुद्धको आन्दोलनः अरुण पूर्वका ९ जिल्ला बन्द, यातायात ठप्प
माघ २०, २०८१ आइतबार
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
माघ २०, २०८१ आइतबार
बौधीमाईका मेयरले गरे प्रभु साहमाथि अवहेलना मुद्दा दर्ता
माघ २०, २०८१ आइतबार
टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई
माघ २०, २०८१ आइतबार
सहकारी ठगीको आरोपमा पक्राउ परेका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप
माघ २०, २०८१ आइतबार
आचारसंहिता उल्लंघन गर्ने एकदर्जन बढी सञ्चारमाध्यमलाई कारबाही
माघ २०, २०८१ आइतबार
अर्जुन ट्रफी क्रिकेटः धनगढीको पहिलो जित
माघ २०, २०८१ आइतबार