सर्लाहीको बगुवा खोलाबाट गाँजासहित दुई जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार १५:५०:५२
२० कात्तिक, सर्लाही । सर्लाहीको इश्वरपुर नगरपालिका-१२ स्थित बगुवा खोलाबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित हरिवन नगरपालिका-१ बस्ने २० वर्षीय पालदेन योन्जनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय केशरगंज र अस्थायी प्रहरी पोष्ट कालिन्जोर घारिबथानबाट खटिएको प्रहरीले बा.प्र.०२-०२४ प २७६७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
त्यस्तै उदयपुर, बेलका नगरपालिका-१ आम्बासास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ८ किलोग्राम सहित सोही नगरपालिका-६ बस्ने ३८ वर्षीय लोकेन्द्र राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरीले को-३८ प १८५ नम्बरको मोटरसाइकलका चालक राईलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार