स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार १५:१७:७
प्रकाश डोटेल
२१ कार्तिक, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका कार्यक्षेत्र रहेको ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारीले कृषि क्षेत्रमा जिल्लामै उत्कृष्ट काम गर्दै आएको छ । जिल्लाका सयौ सहकारी मध्ये स्वावलम्बन सहकारी कृषि क्षेत्रमा कामबाटै उत्कृष्ट बनेको हो ।
सहकारीले लद्युवित्त प्रबद्र्धन मार्फत सहुलियत व्याजदरमा झण्डै २५ करोड ऋण प्रबाह गरेको छ । गाउँपालिकाका ३ हजार ४ सय ८४ घरधुरी मध्ये करिब २५ सय शेयर सदस्यबीच कारोबार गर्दै आएको छ । आर्थिक २०८१÷०८२ सम्ममा प्रत्येक घरधुरीलाई सहकारीमा आबद्धता बनाउने अभियान चलाएको छ ।
शेयर सदस्यले पालन गर्दै पशुहरुको बीमा गर्ने कार्यक्रमलाई सहकारीले प्राथमिकता दिर्दै आएको छ । २०७४÷०७५ देखि संचालन गरिएको पशु बीमा कार्यक्रम मार्फत पशु क्षतिपूर्ति स्वरुप शेयर सदस्यलाई २२ लाख भुक्तानी गरिएको सहकारीका अध्यक्ष बोधनारायण रेग्मीले बताए । उनका अनुसार बीमा कोष मात्रै १ करोड ३१ लाख ४९ हजार ५ सय ४९ रुपैयाँ रहेको छ ।
सहकारीले आफ्ना शेयर सदस्यहरुको सुरक्षाका लागि म्यादी जीवन बीमा कार्यक्रम संचालन गरेको छ । उमेर हद अनुसार ३ लाखदेखि १५ लाखसम्मको म्यादी जीवन बीमा गरिने अध्यक्ष रेग्मीले बताए । म्यादी बीमामा सबै सदस्यलाई समाबेश गर्ने तयारी समेत गरेको उनले बताए ।
आफ्ना शेयर सदस्यहरलाई कृषिमा आत्मनिर्भर बनाउन सहकारीले ‘आलिदेखि थालिसम्म’ भन्ने अभियान चलाएको छ । अभियान अन्र्तगत मौसमी तथा बेमौसमी खेतिका लागि निशुल्क बिउबिजन र टनेल वितरण गर्दै आएको सहकारीले जनाएको छ ।
सामुदायिक सामाजिक अन्र्तगत ‘मत्रोदेखि कात्रोसम्म’ कार्यक्रममा शेयर सदस्य मध्ये सुत्केरी हुने महिलालाई २ हजार स्याहार खर्च दिने गरेको छ । सहकारीले शेयर सदस्यको मृत्यु भएमा कृया खर्च बापत १५ हजार र कोरोनाका कारणले मृत्यु भएमा २५ हजार दिने व्यवस्था गरेको सहकारीका प्रबन्धक शालिग्राम काफ्लेले बताए ।
सहकारीले कृषि र पशुपालनमा आबद्ध शेयर सदस्यलाई ५० प्रतिशत मासुजन्य लगानीमा २ वटा भैसी फार्म, ४ वटा बाख्रा फार्म र २ वटा बंगुर फार्म संचालन गर्दै आएको छ । २० वटा भन्दा बढि बाख्रा पालन गर्ने सदस्यलाई खोर व्यवस्थापन भनेर ५ हजार अनुदानको व्यवस्था गरेको छ ।
कृषिमा व्यवसायीकरण गर्न आउँदो वर्षदेखि सहकारीले कृषि प्रदर्शनी, कफि, सुन्तला र मौरीपालनमा युवा स्वरोजगार कार्यक्रम संचालन गर्ने भएको छ । भकारो सुधार, पशु नश्ल सुधारका लागि पशु प्राविधिकको व्यवस्था समेत गर्ने भएको छ । सहकारीले ५० प्रतिशतमा पशुको औषधी वितरण, उन्नत जानको बोका र रागाँको वितरणका लागि पहल गर्ने भएको छ ।
नेपालका विभिन्न जिल्लामा संचालित साना किसान कृषि सहकारी मध्ये स्याङ्जाको ग्रामीण स्वावलम्बन सहकारीले उत्कृष्ट काम गरेको साना किसान कृषि सहकारी महासंघका अध्यक्ष खेम पाठकले दाबी गरे । सहकारीले पशुपालन र कृषिमा उदाहरणीय काम गरेको पाठकले बताए ।
कृषि सहकारी मार्फत उत्कृष्ट काम गर्ने सहकारीहरुलाई सहुलियत दरमा ऋण दिएर भएपनि शेयर सदस्यको आर्थिक विकासमा टेवा पु¥याउने तयारीमा महासंघ लागेको अध्यक्ष पाठकले जानकारी दिए । सहुलियत दरमा ऋण उपलब्ध गराउन जापानिज सहयोग नियोग (जाईका) सहितका दातृ निकायसँग छलफल चलिरहेको समेत उनले जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज बयान नसकिने भएपछि रविलाई हिरासत फर्काइयो
मंसिर १८, २०८१ मंगलबार
साहरा चितवन सहकारीको रकम अपचलन सम्बन्धमा सरकारी वकिल कार्यालयमा रविको बयान सुरु
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार