उपनिर्वाचनका उम्मेदवारहरुलाई सघाउन र सहजीकरण गर्न कांग्रेसका १० नेताले पाए जिम्मेवारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार ११:४२:५१
२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवारलाई सघाउन र निर्वाचन सहजीकरण गर्ने जिम्मा १० नेतालाई दिएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार सहमहामन्त्रीसहित १० जना नेताहरूलाई मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा आवश्यक समन्वय र सहजीकरण गर्ने जिम्मेवारी तोकिएको हो ।
सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति गठन गरेका थिए । सो समितिले १० जना नेताहरूलाई प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरणको जिम्मा दिएको हो ।
प्रवक्ता प्रकाशशरण महतले अन्तर पार्टी समन्वय गर्नेछन् भने केन्द्रीय सदस्य पुष्पा भुसालले लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वय गर्ने भएकी छन् । केन्द्रीय सदस्य मीन विश्वकर्माले प्रचार प्रसार संयोजन, केन्द्रीय सदस्य मधु आचार्यले स्थानीय तह समन्वय र केन्द्रीय सदस्य नानु बास्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले बागमती प्रदेश, सहमहामन्त्री भीष्मराज आङ्दम्बेले कोशी प्रदेश, सहमहामन्त्री महेन्द्र यादवले मधेस प्रदेश, सहमहामन्त्री जीवन परियारले कर्णाली प्रदेश र गण्डकी प्रदेश र केन्द्रीय सदस्य एनपी साउदले सुदूरपश्चिम प्रदेश कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरण गर्नेछन् ।
महामन्त्री शर्मा नेतृत्वमा सानेपामा बुधबार बसेको बैठकले उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण एकता र गाम्भीर्यतालाई लाग्ने निर्णय गरेको थियो । मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदैछ । कांग्रेसले उम्मेदवारहरू सिफारिस गर्न सुरू गरिसकेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुनेछ । कांग्रेसले उपनिर्वाचनमा गठबन्धन नगर्ने बताएको छ । अहिले सिफारिस भएर आएकाबाट उम्मेदवारहरू छान्ने काम सुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार