छठ पर्व सकिएसँगै मधेशमा सामा चकेवा पर्वको रौनक [ फोटो फिचर ]
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार १३:११:२५
♦ मुकेश कुमार यादव
२५ कात्तिक, सिरहा । छठ पर्व सकिएसँगै सिरहा सहित तराई मधेसमा दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा मनाइने सामा चकेवा पर्व सुरु भएको छ। दिदी बहिनीद्वारा दाजुभाइको दीर्घायुको सम्पन्नता र अटल प्रेमको लागि कामना गरिने सामा चकेवा पर्व सुरु भएको हो ।
कात्तिक पूर्णिमाको मध्य रात्रिमा सम्पन्न हुने यस पर्वका लागि कलात्मक मूर्ति सामा, चकेवा, सत भैयाँ लगायतका कालात्मक मुर्ती बनाई दिदीवहिनीहरु रात्री समयमा सामाको गीतमा झुमिने गर्छिन्। उनीहरुले समा लगायतका मुर्ति बनाउनको लागि माटोको जोहो गरी कार्तिक शुक्ल पञ्चमी देखि कार्तिक शुक्ल पूर्णिमाको मध्यरातमा यो पर्वलाई समापन्न गर्छिन्।
दिदीबहिनीले माटोको विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर कात्तिक पूर्णिमाको मध्यरात्रिमा गाँउबाट पर कुर खेतमा गएर विशेष पूजापाठ गरी पर्वको समापन गरिने चलन रहेको स्थानीय शिवो देवी यादवले बताइन्।
उनले भने, ‘पहिले गाउँगाउँमा दिदी बहिनीहरूले समूह बनाएर माटोको जोहो गरी काँचो माटोले मानव, चरा र जनावरलगायतका कलाात्मक मूर्ति बनाई समाको गीतमा दिदी बहिनीहरू झुमिन्थ्यो तर, अब विस्तारै यो पर्व लोप हुँदै गइरहेको उनको भनाइ छ।
उनले थपिन, ‘पहिले काँचो माटोले बनाएको मुर्तीहरुलाई दुल्ही झै सजाएर पूर्णिमाको मध्यरातमा गाउँमा बजाउने लोक वजा (ढोल पिपही) सहीत छोरीलाई विदाई गरे झै गाउँबाट पर कुर खेतमा लगेर विशेष पुजापाठ गरी यो पर्व मनाउने गथ्र्यो। विस्तारै यो पर्वपनि लोप हुँदैछ।’
ग्रामीण क्षेत्रमा मनाइने यो पर्वप्रतिको लोकप्रियतामा केही कमी आएको महसुस गर्न थालिएको छ । भविष्य पुराणमा उल्लेख गरिए अनुसार, सामाकी नोकरानी डिहुलीले सामा जतिखेर बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरूसँग रमण गर्ने गरेको झुटो कुरा कृष्णसमक्ष लगाइन् । भगवान कृष्ण आवेसमा आएर सामा र वृन्दावनका समस्त ऋषिहरूलाई चरा बन्ने श्राप दिए । सामाको भाइ साम्बले जब यी विषयहरूमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामा सहित सबै ऋषिहरूलाई श्रापबाट मुक्त गरे ।
भाइले आफ्mनी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँघरमा पर्व मनाउँछन, उसको दाजुभाइ दीर्घायु हुने बरदान सामाले दिएपछि यो पर्वको शुभारम्भ भएको धार्मिक मान्यता रहेको स्थानिय अरुण झाले बताए।
उनले, छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको थालनी हुन्छ । सो दिन सिरी सामा, दोस्रो दिन चकेबाका साथै एक पातिमा बसेका सातवटा चरा, खररुची भैया, बाटो बहिनो, दुई मुखबाला चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मूर्ति बनाइन्छ। यसका साथै बृन्दावन जङ्गल, झुटो कुरा लगाउने चुगलखोरका साथै बनाइएका ती मूर्तिहरूलाई विभिन्न रङले रङग्याइने गरेको जनाए। उनले भने, ‘यस पर्वमा सबैभन्दा रोचक भनेको दिदी बहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरिन्छ । त्यसै क्रममा आफूलाई चाहिएका सरसमान पनि गीतको माध्यमबाट सुनाउने र विकासका लागि पनि आग्रह गर्छन् ।’
सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर मनोरञ्जन गर्ने गरेको स्थानिय दिदीवहिनीहरु बताउछिन्। छठको खरना वा परनादेखि मैथिल ललनाहरू माटोको आकृतिहरू बनाई राति एउटा ढक्कीमा राखेर दीप बाली घरबाट बाहिर आएर अन्य साथीहरूसँग मिलेर गीत गाउँदै चौरमा गई यो पर्व मनाउने गरिन्छ । परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन रहेको उनीहरुको भनाई छ।
चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी आफू चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पतिपत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ । यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ । यसमा सामा चेकवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावन लगायतका पात्र हुन्छन् । सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदीबहिनीले मनोवाञ्छित फल प्राप्तिका कामना गर्दछन् । मूर्तिहरूलाई चलायमान गरी संवादको आनन्द उठाउँछिन् । यसमा कुनै बेला वृन्दावनमा आगो लगाउँछिन् कुनै बेला चुगलाको मुख आगोले पोल्छिन् ।
यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारीत पर्व हो । पछिल्लो समय सामा चकेवा पर्वको लोकप्रियता र अभ्यासमा पनि कमी आएको देखिन्छ। समाजमा दिनप्रतिदिन बढ्दै गइरहेको आधुनिकीकरण र नयाँ पुस्ताका जीवन शैली अस्तव्यस्तका कारण पनि यो पर्व विस्तारै लोप हुदै गइरहेको जानकारहरु बताउँछन्। तर, अहिले पनि केही समुदायले यो पर्वलाई जीवित राखेको उनीहरुको भनाई छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदैनिक दश घण्टा बन्द गरी यसरी हुँदै छ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति
मंसिर १८, २०८१ मंगलबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार