रकमसँगै ११ अंकले घट्यो नेप्से: १ करोड ६७ लाख ८७ हजार कित्ता शेयर किनबेच भए
नेपालबहस संवाददाता
कात्तिक २७, २०८१ मंगलबार १५:२६:४४
२७ कात्तिक, काठमाडौं । मंगलबार नेप्से परिसूचक ११ अंकले घटेको छ । आज नेप्से ११.२४ अंकले घटेर २७४८.९६ विन्दुमा बन्द भएको छ । आज कुल ३१२ कम्पनीका एक करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ९७ लाख बराबरको कारोबार भएको छ ।
आज गुँरास लाघुवित्त र मेन्छीयाम हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज गुडविल फाइनान्सको शेयर मुल्य सबै भन्दा बढी ९.३६ प्रतिशतले घटेको छ । सबैभन्दा बढी गुडविल फाइनान्सको २९ करोड २८ लाख ६१ हजार बराबरको कारोबार भएको छ भने आँखु खोला जलविद्युतको सबैभन्दा बढी ११ लाख ९८ हजार ६४० कित्ता शेयर कारोबार भएको छ ।
सो सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढ्यो । त्यस्तै निर्जीवन बीमा ०.१३ र व्यापार ०.३५ प्रतिशत बढे । अन्य समूह सबैभन्दा धेरै १. १८ प्रतिशत घट्यो । बैंकिङ ०.३५, विकास बैंक ०.३१, होटल तथा पर्यटन ०.१५, हाइड्रोपावर ०.५७, लगानी ०.३५, जीवन बीमा ०.४४, उत्पादन ०.०२, माइक्रोफाइनान्स ०.६७ प्रतिशत घटे ।
४ कम्पनी गुराँस लघुवित्त, मेन्छियाम हाइड्रोपावर, बेस्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । समृद्धि फाइनान्सको ९.६१, समाज लघुवित्तको ७.२५, सपोर्ट माइक्रोफाइनान्सको ७.२२, कुथेली बुकरी स्मल हाइड्रोपावरको ७.१९ तथा जानाकी फाइनान्सको मूल्य ५.७८ प्रतिशत बढ्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबार झण्डै ७० अंकले बढ्यो बजारः नेप्से २७२७.५८मा बन्द, १३ अर्बनजिक भयो कारोबार
माघ २०, २०८१ आइतबार
शेयरबजार बुधबार र बिहीबार बन्द हुने
माघ १६, २०८१ बुधबार
मंगलबार बजार खुल्नासाथ नेप्सेमा करोडमाथि कारोबार
माघ १५, २०८१ मंगलबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २१, २०८१ सोमबार
सामाजिक विविधताभित्रको एकताले राष्ट्रिय भावना थप मजबुत : उपराष्ट्रपति
माघ २१, २०८१ सोमबार
सरस्वतीपूजा नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो : राष्ट्रपति
माघ २१, २०८१ सोमबार
तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
माघ २१, २०८१ सोमबार
पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन
माघ २१, २०८१ सोमबार
आज वसन्त पञ्चमीः देशभर सरस्वतीको पूजा गरिँदै
माघ २१, २०८१ सोमबार