ट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते
नेपालबहस संवाददाता
कात्तिक २७, २०८१ मंगलबार २१:३९:२३
२७ कात्तिक, काठमाडौं । पेट्रोल लोड ट्याङ्करको टायर पड्किँदा आज मकवानपुरको हेटौँडामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित टायर रिपियर पसल नजिक मधेस प्रदेश ०३–००२ख ०३०० नम्बरको पेट्रोल लोड ट्याङ्करको टायर मर्मत गर्ने क्रममा टायर पड्किँदा टायर पसलको मिस्त्री भारतको भोजपुर बस्ने ३४ वर्षीय महमद ऐजाजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
टाउको र शरीरको बायाँ भागमा चोट लागेर गम्भीर घाइते भएका ऐजाजको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
सोही घटनामा परी उक्त पसलका कामदार पर्साको धोबिनी गाउँपालिका–२ निवासी १८ वर्षीय जाविर हवारे, ट्याङ्कर चालक हेटौँडा उपमहानगरपालिका–११ स्मारक निवासी ३९ वर्षीय देवान लामा, ट्याङ्कर छेउमा उभिरहेका धादिङको धुनिबेँसी नगरपालिका–२ भञ्ज्याङपोखरी निवासी २३ वर्षीय उत्तम बस्नेत, हेटौँडा उपमहानगरपालिका–११ नवपलुर निवासी ४७ वर्षीय मोहनलाल दुलाल र धादिङको थाक्रे गाउँपालिका–८ निवासी ३८ वर्षीय लक्ष्मण थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार