‘आमाका शब्द सङ्गाली महाकाव्य म लेख्दछु’
इन्द्र रिजाल
बैशाख २१, २०७६ शनिबार १४:४८:२१
‘मनमा दुःखको सागर उर्लिएकै भए पनि
छोडेर सन्तानलाई घरमा माइती गाउँ गए पनि ।
सन्तानको भोक देख्दछिन्, खानाको गाँसगाँसमा
छोराछोरी अटाउँछन् आमाको साससासमा ।।’
शुक्रबार बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले आयोजना गरेको ‘आमा’ शीर्षकको कविता प्रतियोगितामा कक्षा १० का छात्रा भावना शेरबुजाले यो कविता वाचन गर्दा धेरैका आँखा रसाए ।
मातातीर्थ औँसीअर्थात् ‘आमाको मुख हेर्ने दिन’ को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा १४ छात्र–छात्राले आमाको महिमा, आमाका दुःख कष्ट र सन्तानका लागि आमाले गर्ने त्याग र महानताका कविता सुनाएका थिए ।
‘आमाका आँखामा मैले विश्व ब्रह्माण्ड देख्दछु
आमाका शब्द सङ्गाली महाकाव्य म लेख्दछु ।’
कक्षा १० का छात्र रोहित थापाले ‘आमा’ शीर्षकको यो कविता वाचन गर्दा विद्यार्थी मात्रै होइन शिक्षक÷शिक्षिकासमेत दङ्ग परे । सबैको एउटै कामना थियो सबै छोराछोरीको बिहे पछि र कमाउने भएपछि पनि आमा बाबाप्रति यस्तै भावना, विचार र व्यवहार भैदिए हाम्रो समाजमा वृद्धावस्थामा कोही पनि आमाबाबा निराश हुनुपर्ने थिएन । कही कतै वृद्धाश्रम बनाउनुपर्ने पनि थिएन ।
तर, कवितामा पोखिएका भाव र विचार व्यवहारमा भने लागू गर्न नसक्दा आफ्नै सन्तानबाट उपेक्षित बनेर सहाराविहीन भएका आमा आज वृद्धाश्रममा भेटिने गर्दछन् ।
प्राण जतिकै माया ममता दिएर हुर्काएका सन्तानले जब बूढेसकाल वा अशक्त अवस्थामा अपहेलना गर्छन् त्यति बेला जुनसुकै आमाको मन पनि कुडिने कुरा छात्रा काजल केसीले आफ्ना कविताका हरफमा यसरी व्यक्त गरे ।
वृद्धाश्रम बने किन रु सन्तान हो, भन्न सक्दछौँ ?
आफ्नै आमालाई हेला, सन्तान हो किन गर्दछौँ ?
बूढेसकालको व्यथा तिमीले पनि भोग्ने छाँै
त्यति बेला अनि तिमी आमाको दुःख देख्ने छौँ ।।
काजलका कविताको यो हरफमा व्यक्त भएका शब्दसँग नेपाली समाजको यथार्थता मेल खाएको शिक्षक वीरबहादुर गुरुङले बताए । “आफ्नै आमाबाबाप्रति असहिष्णु बन्ने व्यक्ति समाज र देशका लागि सहिष्णु र जिम्मेवार बन्नै सक्दैन”, गुरुङले भने ।
छोराछोरीको रेखदेख र स्याहारसुसारमा बूढ्यौली जीवन कटाउने अपेक्षामा रहेका आमाले सबैभन्दा दुःखको अनुभूति त्यतिबेला गर्छन्, जतिबेला आफ्नै सन्तानबाट उपेक्षित र बोझ बनेर बस्नुपर्छ ।
मातापितालाई देवतासरह मान्नुपर्छ भन्ने संस्कार सिकाउने हाम्रो आदर्श वाक्य रहे पनि त्यो व्यवहारमा भने लागू हुन नसकेको ८४ वर्षीय बेदप्रसाद उपाध्यायले बताए ।
विद्यार्थीले कवितामा व्यक्त गरेका भाव र विचार वयस्क मानिसले व्यवहारमा उतार्ने हो भने संसारका कुनै पनि आमाले दुःख पाउनु नपर्ने र आफ्ना सन्तानप्रति कुनै गुनासा नआउने शिक्षक प्रेम शाही ‘समुन्द्री’ले बताए ।
कविता प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल भावना शेरबुजाले आमाको तुलना संसारका कुनै चिजसँग गर्न नसकिने बताउँदै आफूलाई मनपर्ने कविताको हरफ सुनाए ।
‘संसारमै छ सबै चिज, खोजे मिल्छ घरी घरी
तर जन्म दिने आमा पाइँदैन कसै गरी ।’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाइग्रेसले नेपालका विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिने
चैत २६, २०८० सोमबार
ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा
चैत २५, २०८० आइतबार
'जून ओर्लेको रात' बजारमा
चैत १४, २०८० बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार