सहकारी ठगीमा रविको इन्कारी बयान, रकम कसले र कसरी लग्यो मलाई थाहा छैन !
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार ९:९:३१
२८ कात्तिक, रुपन्देही । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नरहेको भन्दै इन्कारी बयान दिएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि बयान लिन कास्कीबाट भैरहवा ल्याइएका लामिछानेले बयानमा आफ्नो संलग्नता अस्वीकार गरका छन् ।
सहकारीबाट आफ्नो नाममा गएको रकम कसले र कसरी लग्यो भन्नेबारे आफूलाई जानकारी नरहेको लामिछानेले बयानका क्रममा बताएका छन् । उनले आफूले सहकारीबाट रकम नलगेको र कसैलाई त्यस्तो आग्रह वा निर्देशनसमेत नदिएको जवाफ दिएको अनुसन्धानमा संलग्न स्रोतले जनाएको छ ।
बयान सकेर फर्किेन क्रममा सरकारी वकिल कार्यालय बाहिर लामिछानेले बाघलाई थुनेर स्याल हुँदैन भनेर अभिव्यक्ति दिएका थिए। मंगललवारको बयानमा सहकारी रकम हिनामिनामा आफ्नो संलग्नता अस्वीकार गरेका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालयले आज बुधवार पनि बयान लिने भएको छ । मंगलवार मौखिक प्रश्न सोधिएको उनलाई आज भने लिखित प्रश्न सोधिने भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलसहितको टोलीले मङ्गलवार २० भन्दा बढी प्रश्न सोधिएको अधिकांश प्रश्नमा इन्कारी बयान दिएका थिए । आज बुधवार बिहान सवा १० बजेदेखि नै बयान निरन्तर हुने जनाइएको छ ।
मंगलबार साढे १२ बजे सुरु भएको बयान साँझ ६ बजे सकिएको थियो । आज सवा १० बजे छामिछानेको बयान लिइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । लामिछानेसँगको बयानमा इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय पण्डित, जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित केही अनुसन्धान अधिकृत सामेल थिए । मंगलवार सामान्य सोधपुछ भए पनि लिखित सोधपुछ बुधवार हुने भएको छ ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको भन्दै लामिछानेविरुद्ध सङ्गठित ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज बयान नसकिने भएपछि रविलाई हिरासत फर्काइयो
मंसिर १८, २०८१ मंगलबार
साहरा चितवन सहकारीको रकम अपचलन सम्बन्धमा सरकारी वकिल कार्यालयमा रविको बयान सुरु
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार