डेभिस कपमा नेपाली लनटेनिस खेलाडी सहभागी हुने
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार ११:४:११
२९ कात्तिक, भैरहवा । डेभिस कपमा नेपालबाट अन्तराष्ट्रिय लनटेनिस प्रतियोगितामा भाग लिने टिमको नेतृत्व गर्ने टिम ब्यवस्थापक गोपाल ज्ञवालीलाई बिदाई गरिएको छ।
खेलकुद पत्रकार मंचसहित क्रियाशिल पत्रकारहरुले ज्ञवालीलाई बुधबार बिदाइ तथा शुभकामना दिएका छन। रुपन्देही लनटेनिस संघका अध्यक्ष समेत रहेकी ज्ञवालीले लनटेनिस बिकासमा लागेको अनुभव बताउदै २०५८ सालदेखि निरन्तर लागेको बताए।
लनटेनिसको हबका रुपमा बुटवल चिनिएको उनले बताए। नेपाल टेनिस संघको निर्देशनमा ज्ञवाली वैदेशिक खेलमा पुरुष टिमको नेतृत्वमा जाने भएका हुन। नोभेम्बर १८-२४ सम्म बहराईनमा हुने डेभिस कपमा १७ देशका खेलाडीहरुले भाग लिएका छन।
प्रतियोगितामा नेपालबाट खेलाडीहरु पुरुषतर्फ अभिषेक बास्तोला, प्रदिप खड्का, प्रणव मानन्धर, प्रणव खनाल, रितिका राना तथा महिलातर्फ अभिलाषा विष्ट, सुनिमा थापा, प्रकृति श्रेष्ठ, स्वस्तिका विष्ट, प्रजना मानन्धर रहेका छन्। पुरुष टिम म्यानेजर गोपाल ज्ञवाली, पुरुष टिमको प्रशिक्षक सरद लामा, महिला टिम म्यानेजर अजय विष्ट, महिला प्रशिक्षक सन्तोष खत्री गरि १४ जनाको टिम मंसिर १ गते काठमाडौंबाट बिदाई हुनेछ।
नेपालको रेकिङ १५ स्थानमा रहेको छ। कार्यक्रममा खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारीले काठमाडौंबाहिर समेत लनटेनिस खेलको विकासकै कारण अवसरका ढोकाहरु खुलेको बताए। रुपन्देहीबाट नेपाली राष्ट्रिय खेलाडीहरुलाई जाने टिमबाट उत्कृष्ट नतिजाको आशा समेत लिएको उनले बताए।
कार्यक्रममा लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझी, खेलकुद पत्रकार मंचका सचिव मनोरन्जन शर्माले खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गर्दै युवा खेलाडी उत्पादनमा थप गतिविधि गर्न सुझाव दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार