सन्तानले नहेरेका आमाको औँशी
इन्द्र रिजाल
बैशाख २१, २०७६ शनिबार १६:५५:२८
चितवन । आज मातातीर्थ औँशी । बिहानैदेखि जन्मदिने र कर्म दिने आमा भेट्नका लागि सडकमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।
यही भीडलाई छिचोल्दै पवित्र तीर्थस्थल देवघाट पुग्दा त्यहाँ आश्रित आमाहरु भने सडकतिर हेरेर टोलाइरहेको देखिन्थ्यो । देवघाट समाज कल्याण आश्रममा पुग्दा त्यहाँ आश्रित आमाहरु बाटोतिर हेरेर आफ्ना सन्तानको खोजी गरिरहेको महसुस हुन्थ्यो ।
ती आमाहरुका लागि खान र बस्न कुनै समस्या भने छैन । आफ्ना सन्तान भएर पनि नभएर पनि आश्रित हुन पुगेका आमा यस्ता चाडपर्वमा निकै नरमाइलो मान्ने गर्दछन् । आश्रम हेर्दै आएका देवघाट क्षेत्र विकास समितिका कर्मचारी ढकराज कोइराला चाडपर्वका बेला बाआमा दुवैले सन्तानको सम्झनामा निकै नरमाइलो महसुस गर्ने गरेको बताउछन् ।
पर्वका बेला दाताले फलफूल र मीठा मीठा खाना बोकेर आउने भए पनि वृद्धवृद्धाले आफन्तको सम्झनामा मुख निन्याउरो गरेको पाइन्छ ।त्यहाँ रहेका कतिपयको सन्तान भएर पनि बेवास्ता गर्दा आश्रमसम्म आइपुगेका छन् भने कतिपयका आफ्ना सन्तान छैनन् ।
सन्तान भएका वृद्धा घरबाट आमाको मुख हेर्न आउँछन्की भन्ने ठूलो आशामा रहेका हुन्छन् तर कोही नआएपछि उनीहरु निराश हुने गरेको कोइराला बताउछन् । त्यहाँ आश्रित भरतपुर महानगरपालिका–११ घर भएकी ८३ वर्षीया शिवकुमारी शर्माले आफ्नो वेदना गीतको भाकामा सुनाए ।
‘सेरोफेरो केही छैन मेरो
जता हे¥यो उतै छ अधेरो’
शर्मा तनहुँको देवघाटमा रहेको देवघाट समाज कल्याण वृद्धाश्रममा विगत पाँच वर्षदेखि बसोवास गर्दै आएका छन् । आज मातातीर्थ औँशी ‘आमाको मुख हेर्ने दिन’ शहर बजारमा सबैका घरघरमा छोराछोरीले आमालाई मीठो मसिनो खुवाएर खुशीका साथ राखी रहेका छन् तर देवघाटमा रहेका आफूजस्ता वृद्धालाई के चाडपर्व के मीठो मसिनो उनले प्रश्न गरे ।
“ यहाँ हामीलाई सधैं एकैनास हुने गरेको छ ”, उनले आफ्नो पीडा सुनाए । छोरा बुहारीसहित भरतपुर महानगरपालिका–११ मा बस्दै आएकी शर्माको एउटा छोरा काठमाडौँमा बस्छन् । जेठो छोरासँग भरतपुरमा बस्दै आएकी शर्मा आज त छोरो आउँछ कि भन्ने आशमा बाटोतिर हेर्दै थिए ।
लमजुङ घर भएकी कृष्णमाया अधिकारीका आँखा छोरी लिन आउँछे कि भन्दै सडकतिर दौडिरहेका थिए । भरतपुर महानगरपालिका–७ मा उनकी छोरी बसोबास गर्दा रहेछन् । श्रीमान्ले अर्की श्रीमती ल्याएसँगै उनी एक्लो भए।
छोरीको बिहे गरेपछि काम गर्न नसकेर यहाँ आएको बताउने अधिकारी ११ वर्षदेखि यही आश्रममा बस्दै आएका छन् । छोरीमात्रै भएकाले आउँछे कि भन्ने आशमा उनी बाटोतिर हेर्दै थिए। चाडपर्वको समयमा भेट्न आए पनि आफ्नो अत्यार मेटिने उनले बताए ।
सिन्धुलीकी लक्ष्मीमायाँ श्रेष्ठलाई भने छोराले यहाँ छ भन्ने थाहा नपाए हुन्थ्यो भन्ने भइरहेको रहेछ । घरमा सम्मानसाथ बस्ने वातावरण नभएपछि आश्रय खोज्दै यहाँ आई पुगेकी श्रेष्ठले मलिन अनुहार बनाउँदै यहाँ छु भन्ने थाहा पाए भने यहाँ पनि बस्न दिँदैनन् कि भन्दै थिए । ८५ वर्षीया श्रेष्ठ अहिले आनन्द भए पनि चाडपर्वमा छोराछोरी र घरपरिवारको याद आइरहने बताउछन् ।
पर्वत कार्किनेटाकी जानकी पौडेल आफ्नो सन्तान नभएकाले दुःख पाएको बताउँदै आफ्नो भाग्यमा नभएपछि चाडपर्व खल्लो हुने बताए । आफ्नो कोख बाँझै रह्यो उनले भने, “मातातीर्थ औँशी मेरा लागि कहिल्यै आउँदैन ।” “सन्तान हुनेले त आश्रममा बस्नुपरेको छ हाम्रो त झन कोही छैन”, उनले गुनासो गरे।
सबैका घरमा रमाइलोका साथ बसेका बाबुआमा देख्दा आफूलाई धिक्करा लाग्ने भन्दै उनले चाडपर्व आउनुभन्दा नआएकै वेसजस्तो हुने बताए । एक सय तीन वर्षीया उमादेवी खनाल काठमाडौँमा काम गर्न नसके पछि यही आश्रममा आश्रित हुन्छन् ।
सात वर्षको उमेरमा विवाह भएको पहिलो वर्षमानै श्रीमान् बितेसँगै उनको जीवन बेवारिसे बन्यो । विगत नकोट्याउन आग्रह गर्दै उनले यस्ता पर्वमा मन खुशी नहुने बताए ।
अहिले देवघाट क्षेत्र विकास समितिको कार्य क्षेत्रभित्र तीन वटा आश्रम रहेका छन् । जहाँ १२० भन्दा बढी वृद्धवृद्धा बस्दै आएका छन् । तीमध्ये ६० प्रतिशत वृद्धा रहेको क्षेत्र विकास समितिले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षकलाई दिन कटाउनै मुस्किल !
जेठ ४, २०८१ शुक्रबार
नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार