स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार २१:१८:७
३० कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट नागरिकलाई एक्स–रे, फिजियोथेरापी, प्रयोगशालासहितका सेवा निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ । वडा नंं १० ले मध्यबानेश्वरमा स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट बिहीबारदेखि उक्त सेवा नागरिकलाई उपलब्ध गराइएको हो ।
वडाध्यक्ष रामकुमार केसीले नागरिकका समस्यालाई घरमै पुगेर समाधान गर्ने प्रयासअन्तर्गत स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा ल्याइएको बताए । “आकस्मिक अवस्था आइपरेमा हामी नागरिकको घरमा पुगेर भिडियो एक्स–रेसम्मको सेवा दिन सक्छौँ ।
यसरी थालिएको सेवालाई विकास र विस्तार गर्दै जानेछौँ । सकेसम्म अस्पतालको सेवा लिन नपरे हुन्थ्यो । यसका लागि प्रवर्द्धनात्मक कार्यक्रम चलाएका छौँ । अस्पतालको सेवा लिनैपरे सेवाचाहिँ गुणस्तरीय हुनुपर्छ । यसमा हामी सचेत छौँ”, केसीको भनाइ थियो ।
त्यसक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले स्वास्थ्य सेवाको विस्तारका लागि अन्तर सरकार सम्बन्धलाई विकास गर्न बाँकी रहेको उल्लेख गरे । महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं १४ बल्खु, वडा नं १९ कङ्केश्वरी, वडा नंं २६ लैनचौर र वडा नं ३० ज्ञानेश्वर स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई स्वास्थ्य बीमाको पहिलो सम्पर्क बिन्दुका रूपमा प्रयोगमा ल्याइसकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार