बाबुराम र उपेन्द्रको नयाँ पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’
इन्द्र रिजाल
बैशाख २१, २०७६ आइतबार १:२३:३६
काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको एकीकरण हुने भएका छन् । नयाँ शक्ति पार्टीको सूचना तथा सञ्चार विभागका प्रमुख विश्वदीप पाण्डेका अनुसार नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा शनिबार दुई पक्षबीच पार्टी एकीकरण गर्ने सहमति भएको हो ।
फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले शनिबार संयुक्त प्रेस विज्ञप्ति निकाल्दै पार्टी एकीकरणको घोषणा एक विशेष कार्यक्रमका बीच बैशाख २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जनाएका छन्। नयाँ पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ राखिएको छ।
विज्ञप्तिमा समाजवादी पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने उल्लेख छ।
दुई पार्टीबीचको एकीकरण हुने चर्चा विगतदेखि नै चल्दै आएको थियो। व्यापक छलफल र विचार विमर्शपछि पार्टी एकीकरण गरी समाजवादी पार्टी नेपाल निर्माण गर्ने ऐतिहासिक सहमतिजुटाइएकोविज्ञप्ति मार्फत जानकारी दिइएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी रु पाँच छुट
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
भन्सालीको नयाँ फिल्म 'लभ एन्ड वार' अक्टोबरमा फ्लोरमा जाने
असोज ४, २०८१ शुक्रबार
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
असोज ४, २०८१ शुक्रबार