निर्मला पन्त हत्या प्रकरणबारे नयाँ ट्वीष्टः प्रतिवेदन अध्ययन गर्न फेरि कार्यदल ! ६ वर्षमा ५ गृहमन्त्री, ५ आईजीपी र ६ समिति
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार १८:४२:११
८ मंसिर, काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तकाे हत्या भएको ६ वर्षपछि प्रहरीले पुराना प्रतिवेदनहरू अध्ययन गर्न एक समिति बनाएर नयाँ ट्वीष्ट गरेको छ । सो प्रकरणमा यसअघि भएका सबै अनुसन्धान प्रतिवेदनको अध्ययन गर्न प्रहरी प्रधान कार्यालयले नयाँ समिति बनाएर ट्वीष्ट गर्न लागेको हो । केही महिना अघि नै समिति बनाएको भएपनि यसलाई प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालय दुवैले गोप्य राखेका छन् ।
सो समितिलाई विगतमा गठन भएका सबै समितिका प्रतिवेदन अध्ययन गरेर निचोडहरुलाई एकीकृत गर्ने जिम्मेवारी दिइएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दुई महिनाअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाको नेतृत्वमा यो समिति बनाएको स्रोतले जनाएको छ । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार, ७ सदस्यीय समितिमा अपराध अनुसन्धान विभागका उच्च अधिकृतहरू पनि सदस्य छन् ।
‘निर्मला पन्त प्रकरणबारे अनुसन्धान गर्न विभिन्न समिति बनाएर जाँच गर्दा पनि सफल अनुसन्धान नभएकाले विगतका प्रतिवेदनको अध्ययन गरेर अनुसन्धानलाई एकीकृत गरी यथाशीघ्र निष्कर्षमा पुर्याउन समिति गठन गरिएको छ’, महानिरीक्षक कुँवरले सीआईबीका दीपक थापालाई लेखेको पत्रमा उल्लेख गरेका छन् ।
प्रहरीले समिति गठनको विषयलाई गोप्य राखेर काम गरिरहेको छ । केही दिनअघि एक टेलिभिजनमा आफू निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी भन्दै एक व्यक्तिले अन्तर्वार्ता दिएपछि समितिले अध्ययनको कामलाई थप तीब्रता दिन थालेको छ । टेलिभिजनमा अन्तर्वार्ता दिने र लिने दुवैलाई सीआईबीले झूटाे प्रचार गरेको भन्दै कारवाही गर्ने चेतावनी समेत दिएको थियो ।
कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–२, उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । केही दिनपछि प्रहरीले घटनामा संलग्न रहेको भन्दै स्थानीय ४१ वर्षीय दीलिपसिंह विष्टलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । तर, त्यसबेला विष्ट मानसिक रोगी भएको र उनी दोषी हुन नसक्ने भन्दै प्रदर्शन चर्किएको थियो । पछि पन्तको भजाइनल स्वाबबाट निकालिएको नमुनासँग उनको डीएनए मिलेन । त्यसपछि उनी छुटेका थिए । त्यसयता प्रहरीले सयौं व्यक्तिमाथि सोधपुछ र डीएनए जाँच गरेपनि अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन । बरु चिकित्सकहरूको एउटा अध्ययन टोलीले निर्मलाको भजाइनल स्वाबबाट निकालिएको भनिएको डीएनएको नमुनामाथि नै प्रश्न उठाएको छ ।
६ वर्षको अवधिमा ५ जना गृहमन्त्री र प्रहरी प्रमुख फेरिए, ६ वटा समिति बने, तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । गृह प्रशासनले ‘अनुसन्धान जारी छ, अत्यन्त नजिक पुगेका छौं’ भन्ने रेडिमेड जवाफमा दिने गरेको छ ।
१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै भएको आन्दोलनका क्रममा भीमदत्त–१८ का १५ वर्षीय सनी खुनाको ज्यानै गयो । निर्मलाको हत्या भएदेखि अहिलेसम्मको अवधिमा पाँच जना (रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ, फेरि रवि लामिछाने र हाल रमेश लेखक) गृहमन्त्री भए ।
नेपाल प्रहरीमा (सर्वेन्द्र खनाल, ठाकुर प्रसाद ज्ञवाली, शैलेश थापा क्षेत्री, धीरजप्रताप सिंह र हालका बसन्त कुँवर) आईजी भए । हरेक गृहमन्त्री र प्रहरी प्रमुखले निर्मला पन्तको हत्यामा संलग्नको पहिचान गरी कारबाही गर्ने बताउन छाडेका छैनन् । अझ लामिछानेले त ११ पुसमा पहिलो निर्णय नै गृहमन्त्री हुँदा पन्त हत्यारा पत्ता लगाएर कारबाही गर्ने बताएका थिए । उनी दोस्रो पटक गृहमन्त्री भएर पनि बाहिरिएर उनी आफै अहिले सहकारी ठगी मुद्दामा हिरासतमा अनुसन्धानरत छन् ।
अहिले चाहि निर्मलाको बलात्कार र हत्यापछि भएको आन्दोलनमा समेत सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखक गृहमन्त्री छन् । पन्तको हत्या भएपछि भएको सडक आन्दोलनमा कञ्चनपुरका लेखक समेत सहभागी भएका थिए । २१ असोज २०७५ मा काठमाडौंकै एक कार्यक्रममा लेखकले हत्याराले संरक्षण पाइरहेको बताएका थिए । अहिले उनी आफै गृहमन्त्री भएको बेला केही न केही गर्नुपर्छ भन्दै लागिपरेको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल
पुष १९, २०८१ शुक्रबार
यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान
पुष १९, २०८१ शुक्रबार
काठमाडौँ महानगरले सम्पदा क्षेत्रलाई स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत दल फुटाउने नीति लिएः माओवादी
पुष १९, २०८१ शुक्रबार
पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल
पुष १९, २०८१ शुक्रबार