दुई वर्षपछि क्यानाडाबाट नेपाल फर्किए, घर नपुगी होटलमै पासो लगाएर आत्महत्या गरे
नेपालबहस संवाददाता
मंसिर ९, २०८१ आइतबार १३:१५:६
९ मंसिर, काठमाडौं । शनिबार क्यानाडाबाट नेपाल फर्किएको एक जोडी काठमाडौँको सिनामंगलको एक होटलमा मृत भेटिएका छन् । काठमाडौँ महानगरापलिका ८ सिनामंगलस्थित होटल जन्मभूमिमा सुनसरीका ३४ वर्षीय रमेश रायमाझी र मोरङकी २९ वर्षीय शर्मिला माझी मृत भेटिएका हुन् । प्रहरीले उनीहरुको मृत्युबारे अनुसन्धान सुरु गरेको छ ।
काठमाडौं परिसरका एसपी तथा प्रवक्रा नवराज अधिकारीका अनुसार उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि काठमाडौं फर्किएका थिए । उनीहरू सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
होटलमा बसेका उनीहरू पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकाले केही पारिवारिक कारण आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीका अनुसार होटलको बरण्डाको रेलिङमा सेतो रङको कपडाको सलले घाँटीमा पासो लगाएको अवस्थामा उनीहरुको शव भेटिएको हो । सो घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली अहिले घटनास्थलमा पुगेको समेत जनाइएको छ । होटलको चौथो तलाको कोठमा नम्बर १२० भाडामा लिएर उनीहरु बसेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार