मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार १२:९:०
१० मंसिर, काठमाडौं । आइपिएल लिलामी २०२५ को मेगा लिलामीको पहिलो दिन ( नोभेम्बर २४ ) गएराती सम्पन्न भएको छ । यो लिलामी साउदी अरेबियाको जेद्दाहमा भएको थियो ।
इन्डियन प्रीमियर लिग 'आइपिएल' मा ऋषभ पन्त इतिहासकै महँगो खेलाडी बनेका छन् । उनलाई जारी अक्सनमार्फत लखनउ सुपर जायन्टले २७ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो ।
सबै १२ सेटको लिलामी सम्पन्न भएको छ। पहिलो दिन कुल ७२ खेलाडी बिक्रि भएका छन् । ऋषभ पन्तले सबै कीर्तिमान तोड्दै आईपीएलको सबैभन्दा महँगा खेलाडी बने । लखनऊ सुपर जायन्ट्सले २७ करोड भारुमा किनेको थियो ।
यससँगै श्रेयस अय्यर आईपीएल अक्सन २०२५ को दोस्रो महँगो खेलाडी बनेका छन् । पञ्जाब किंग्सले २६.७५ करोडको बोली लगायो। पञ्जाबले आफ्नो कप्तान पाएको हुन सक्छ। केकेआरले वेंकटेश अय्यरलाई २३.७५ करोडमा किनेर सबैलाई चकित पारेको थियो । अर्शदीप सिंह तेस्रो महँगो खेलाडी बने । पञ्जाबले आटीएम प्रयोग गरेर १८ करोडमा किनेको थियो।
पञ्जाबले आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडी युजवेन्द्र चहललाई पनि १८ करोडमा किनेको छ । केएल राहुललाई दिल्ली क्यापिटल्सले १४ करोडमा किनेको थियो । दिल्लीले रसिक दारलाई ६ करोडमा किनेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार
एसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार