अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार १८:११:२१
१० मङ्सिर, बीरगञ्ज । अपहरण गरी फिरौती रकम असुलेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ इनर्वाका ३० वर्षीय सन्तोष दास तत्मा र वीरगन्ज महानगरपालिका-१६ नगवाका ३१ वर्षीय हरिशंकर शर्मा रहेका छन्।
उनीहरूलाई इनर्वाबाट अपहरणमा प्रयोग गरिएको मोटरसाइकल र फिरौती रकमसहित पक्राउ गरिएको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। लम्सालका अनुसार मंसिर ९ गते रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ का ४१ वर्षीय शेख सा महमदले अपहरणपछि फिरौती रकम मागेको भन्दै जाहेरी दिएका थिए।
उनीबाट सोही दिन दिउँसो साढे १ बजे २ लाख बार्गेनिङ गरि फिरौतीबापतको ५० हजार रुपैयाँ लिँदै गर्दा दुबै जनालाई पक्राउ गरिएको लम्सालले बताए। अपहरणमा संलग्नले दुई वटा मोटरसाइकल प्रयोग गरेका थिए। मधेस प्रदेश ०३-०२५ प ३९८० र भारतीय नम्बर प्लेटको बिआर ०५ एयु ९७४५ नम्बरको मोटरसाइकलसमेत बरामद भएको लम्सालले बताए।
दुबै जनालाई पर्सा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा सात दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान थालिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे रविसँग बयान सुरु
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार