न्यायाधीश नियुक्तिबारे न्याय परिषदमा छलफल सुरु
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार १३:११:१९
११ मंसिर, काठमाडौं । सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिबारे छलफल गर्न न्याय परिषदको बैठक बसेको छ । बैठकमा न्यायाधीश नियुक्तिबारे छलफल भइरहेको छ । हाल सर्वोच्चमा ४ जना र उच्च अदालतमा १७ जना रिक्त रहेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्व परिषदको बैठकले रिक्त पदमा न्यायाधीश नियुक्तिको सिफारिस गर्ने तयारी गरेको छ ।
सर्वोच्च र उच्च अदालतमा लामो समयदेखि रिक्त न्यायाधीश पदमा नियुक्ति हुन नसक्दा न्याय सेवा प्रभावित भएको छ । रिक्त पदमा नियुक्तिका लागि न्याय परिषदको बैठक पटक–पटक बसे पनि प्रक्रिया अघि बढ्न सकेको छैन । गत असोजको तेस्रो साता प्रधानन्यायाधीश बनेका प्रकाशमान सिंह राउतले न्यायालयलाई चुस्त दुरुस्त राख्न रिक्त सबै पदमा तदारुकताका साथ नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
परिषदको सदस्यबीच कसलाई नियुक्त गर्ने भन्नेबारे मै आज छलफल छ । अवकाश पाउनु केही दिनअघि गत असोज ११ मा तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले रिक्त ६ पदमध्ये दुई न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई नियुक्त गरेका थिए । त्यसपछि रिक्त चार पदमा हालसम्म नियुक्ति हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार