लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार २०:७:१४
११ मङ्सिर, काठमाडौं । नेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टीबाट निलम्बन गरेको छ । नेता चौधरीले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितको मानहानी गरेको आरोपमा एमालेले उनलाई सबै जिम्मेवारीबाट निलम्बन गरिएको हो । बाँके–१ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी पुर्वमन्त्री समेत हुन् । लिला गिरी मुख्यमन्त्री हुँदा चौधरी मन्त्री थिए ।
एमाले बाँकेका अध्यक्ष निरक गुरुङले एक पत्र जारी गर्दै पार्टीबाट निलम्बन गरिएकोबारेमा चौधरीलाई जानकारी दिएका छन् । प्रदेश सभा सदस्य चौधरीले पार्टीलाई हानी नोक्सानी पुर्याउने मनसाय राखेको आरोप एमालेले लगाएको छ ।
उनले अध्यक्ष एवम् प्रधानमन्त्री ओली र महासचिव पोखरेलसहितको मानहानी हुने गरी सार्वजनिक रुपमा गालीगलौज गर्ने, समाजिक सञ्जालमा लेख्ने, कार्यकर्तालाई खुइल्याउने र पार्टीविरुद्धमा समाचार लेखाउने जस्ता गतिविधि गरेको पत्रमा उल्लेख गरिएको छ ।
एमालेले चौधरीसँग स्पष्टीकरण पनि सोधेको थियो। तर चौधरीले कमीकमजोरी स्वीकार्नुको साटो साटो उल्टै नेता, कार्यकर्ता र समग्र पार्टीविरुद्ध लिखित जवाफ दिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान
पुष १९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार