भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार ९:४:०
१३ मङ्सिर, काठमाडौं । विगत दुई दशकहरूमा अत्यधिक भूजल शोषणले पृथ्वीको अक्षलाई ३१.छ इन्चले ढल्काएको छ। नयाँ अध्ययनका अनुसार पानीको यस पुनर्वितरणले विश्व स्तरमा समुन्द्री सतहमा करिब ०.२४ इन्चको वृद्धि भएको छ ।
जियोफिजिकल रिसर्च लेटर्समा प्रकाशित अनुसन्धानले पृथ्वीको घुमाउरो ध्रुव सार्नमा भूजल निकासीले महत्त्वपूर्ण भूमिका खेल्ने देखाएको छ। सियोल नेशनल युनिभर्सिटीका भू– भौतिकशास्त्री कि विओन सिओमाटको नेतृत्वमा गरिएको अनुसन्धानले देखाएको छ कि जलवायु परिवर्तन सम्बन्धित कारक हरू मध्ये यो पनि एक हो । भु जल पुनर्वितरणले पृथ्वीको घुमाउरो ध्रुवको झुकावमा सबैभन्दा ठूलो प्रभाव पार्छ।
अध्ययनका अनुसार सन् १९९३ देखि २०१० सम्म करिब २ हजार १ सय ५० गिगाटन भूमिगत पानी निकालिएको थियो । यसले ग्रहको झुकावमा ठूलो परिवर्तन ल्यायो। धेरै जसो पानी अन्ततः महासागरहरूमा जान्छ, जसले गर्दा समुद्रको सतह बढिरहेको छ ।
नासाका अनुसार पृथ्वीको यो झुकावका कारण पृथ्वीमा मौसम परिवर्तनहरू भईरहेका छन्। यो पुरानो झुकाव मंगल ग्रहको आकारको वस्तु थियासँग ठूलो पुरातन टक्करको कारण भएको थियो। यो ब्रह्माण्डीय टक्करले स्थायी रूपमा पृथ्वीलाई आफ्नो अक्षमा झुकायो । वसन्त, गर्मी र जाडोको चक्र सिर्जना गरिदियो । अध्ययनका अनुसार हालैको झुकावले मौसममा छिटोछिटो परिवर्तन त गर्दैन तर यसले विश्वव्यापी जलवायु ढाँचालाई असर भने गर्न सक्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
पुष २३, २०८१ मंगलबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
अब चन्द्रमामा पनि उत्खनन काम हुने, महत्वपूर्ण खनिज पृथ्वीमा ल्याइने
पुष १८, २०८१ बिहिबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
बढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार