राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार १५:४३:३५
१३ मंसिर, काठमाडौं । डलर खर्बपति विनोद चौधरीको लाइसेन्स बचाएर सीजी ग्रामीण दूरसञ्चार सेवा सञ्चालन गर्ने लामो समयदेखिको धोको अपूरै रहने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पटक पटक जानकारी र अवसर दिँदा पनि उनले सीजी कम्युनिकेसन्स लिमिटेडको तोकिएको दस्तुर तिरेर लाइसेन्स नवीकरण गर्न इन्कार गरेका थिए । राजनीतिक शक्ति देखाएर नवीकरण दस्तुर तिर्न आनाकानी गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सीजीको लाइसेन्स (अनुमति पत्र) खारेज गरिदिएको थियो ।
प्राधिकरणले अनुमति पत्र खारेज गरिदिए पछि चौधरीले सीजीको अनुमतिपत्र खारेजी रोक्न माग गर्दै रिट हालेका थिए । तर, उनले दायर गरेको रिट पाटन उच्च अदालतले खारेज गरिदिएको छ । अदालतले रिट खारेज गरेसँगै चौधरीको सीजीको ग्रामीण दूरसञ्चार सेवा पुनः सञ्चालन गर्ने चाहनामा ब्रेक लागेको छ । पटक पटक ताकेता गर्दा पनि चौधरीले सीजीको अनुमतिपत्र नवीकरण गर्न मानेका थिएनन् । समयभित्र निवेदन र दस्तुर नबुझाएपछि २०८० मंसिरमा अनुमतिपत्र (लाइसेन्स) स्वतः रद्द भएको थियो ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स रद्द भएको विषयमा औपचारिक निर्णय गरेसँगै यसबारे सीजीलाई पत्र पठाएको थियो । सोही निर्णयविरुद्ध सीजीले ०८१ असार ४ मा प्राधिकरणलाई विपक्षी बनाएर उत्प्रेषणको रिट निवेदन दर्ता गराएको थियो । सीजी कम्युनिकेशन (तत्कालीन एसटीएम टेलिकम सञ्चार प्रालि) ले २१ नोभेम्बर २००३ मा ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स पाएको थियो । तर, तोकिएको अवधिमा सीजीको लाइसेन्स बचाउन चौधरीले निवेदन नै दिएनन् । निवेदन नदिएपछि दूरसञ्चार ऐन २०५३ को दफा २५(५) अनुसार स्वतः खारेज भएको प्राधिकरणले घोषणा गर्यो ।
मंगलबार उच्च अदालतका न्यायाधीश खडानन्द तिवारी र विदुर कोइरालाको संयुक्त इजलासले प्राधिकरणको पक्षमा फैसला गर्दै सीजीको रिट खारेज गरिदिएको हो । दूरसञ्चार ऐनको दफा २५ अनुसार दूरसञ्चार सेवाको अनुमतिपत्रको अवधि बढीमा २५ वर्ष हुन्छ । तथापि एक पटकमा १० वर्षभन्दा बढी अवधिका लागि अनुमतिपत्र नदिइने ऐनमा उल्लेख छ । कम्पनीले दश वर्षमा पहिलो पटक नवीकरण गरेपछि बाँकी अवधिमा प्रत्येक ५–५ वर्षमा लाइसेन्स पुनः नवीकरण गराउनुपर्ने व्यवस्था ऐनमा छ । सीजीले ०७५ सालमा तेस्रो पटक नवीकरण गरेको थियो ।
सीजीले सुरुवाती चरणमा भिस्याट प्रविधिमार्फत विशेषतः पूर्वी नेपालका ग्रामीण क्षेत्रमा पीसीओ नेटवर्क सेवा उपलब्ध गराएको थियो । खारेज हुनुअघि सीजीको नेटवर्क ३० भन्दा बढी जिल्लामा उपलब्ध रहेको थियो । नेपालमा फाइभजी सेवा सञ्चालन सुरु गर्न सीजीले हुवावेसँग १० करोड अमेरिकी डलरको सम्झौतासहित उपकरण र अन्य सेवा आयातसँगै आरएफ प्लानिङ, डेटा सेन्टरलगायत विषयमा आन्तरिक गृहकार्य पूरा गरिसकेको जनाएको थियो । आधारभूत सेवाको अनुमतिपत्र पाउन ग्रामीणको अनुमतिपत्र नवीकरण गर्नुपर्नेमा सीजीले त्यो जिम्मेवारी पूरा नगरेको हो । हाल अदालतले रिट खारेज गरेसँगै सीजीको ग्रामीण दूरसञ्चार सेवा पुनः सञ्चालनको सम्भावना टरिसकेको छ । चौधरी यो व्यवसायबाट बाहिरिएका छन् ।
चौधरीले आफूहरूलाई विभिन्न कारणले टेलिकम क्षेत्रमा काम गर्न नदिइएको गुनासो गर्दै आएका थिए । गत वर्ष नेपालबाट एनसेल आजियटाको बहिर्गमन घोषणा भएपछि सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफूहरूले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने भन्दा पनि प्राधिकरणले स्वीकृति नदिएको गुनासो गरेका थिए । नेपाली कांग्रेसका सांसदसमेत रहेका विनोद चौधरीले लाइसेन्स नवीकरणमा राजनीतिक प्रभाव देखाउन खोजेका थिए । तर, उनी यसमा असफल भए र कम्पनीको लाइसेन्स समाप्त भयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
बंगलादेशविरुद्धको खेलमा टस हारेर ब्याटिङ गर्दै नेपाल
मंसिर १६, २०८१ आइतबार
अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनको मतदान जारी, ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा
मंसिर १६, २०८१ आइतबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार