अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
नेपालबहस संवाददाता
मंसिर १४, २०८१ शुक्रबार ९:८:२३
१४ मङ्सिर, सिडनी । अष्ट्रेलियामा १६ बर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन् । अस्ट्रेलियाको संसदले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्नबाट प्रतिबन्ध लगाउने कानुन पारित गरेसँगै यो नियम लागु भएको छ ।
विश्वमा ठूला सामाजिक सञ्जाल प्लेटफर्महरूलाई लक्षित गर्ने सबैभन्दा कडा नियमहरू मध्ये एक मानिएको छ । बिहीबार सिनेटले पारित गरेको कानुनले १६ वर्ष मुनिका व्यक्तिहरूलाई सामाजिक सञ्जालमा खाता खोल्नबाट रोक लगाए लगत्तै इन्स्टाग्राम, फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जाललाइ ठुलो घाटा हुनेछ ।
बालबालिकालाइ सामाजिक सञ्जाल प्रयोग गर्ने कानुन लागु गराउन नसकेमा अष्ट्रेलियन डलर ५० मिलियनसम्म जरिवाना सामाजिक सञ्जाल कम्पनिहरूलाइ हुनेछ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले विधेयकको समर्थन गरेका छन । सो कानुन पारित भए लगत्तै अभिभावकहरूले खुसियालीमा जुलुससमेत गरेका छन् ।
प्रधानमन्त्री अल्बानीजले भनेका छन कि अब अष्ट्रेलियाली बालबालिकाहरू आफ्ना फोनहरू बन्द गरेर फुटबल र क्रिकेट मैदान, टेनिस र नेटबल कोर्टमा, स्विमिङ पूलमा पुग्नेछन् । गोपनीयता सम्बन्धी समर्थक र केही बाल अधिकार समूहहरूले विधेयकको विरोध गरे पनि ७७ प्रतिशत जनताले १६ वर्षभन्दा कम उमेरकालाई सामाजिक सञ्जालमा प्रयोगमा प्रतिबन्ध लगाउने संसदको निर्णयको स्वागत गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियामा अब १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अष्ट्रेलियामा अब १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बारामा एकैदिन १० फरार प्रतिवादी पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे रविसँग बयान सुरु
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार