साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार १२:५५:५४
१५ मंसिर, काठमाडौं । मेडिकल व्यवसायीका रुपमा चिनिएका झापाका दुर्गा प्रसाईं यतिबेला प्रहरीको हिरासतमा छन् । साइबर अपराधको सिलसिलामा उनमाथि अनुसन्धान गरिरहेको प्रहरी उनको समूह नै आपराधिक क्रियाकलापमा संलग्न भएको निष्कर्षतिर पुगेको छ । मेडिकल व्यवसाय देखाएर प्रसाईंले धम्की र असुली जस्ता काम गरिरहेको तर्फ प्रहरीको अनुसन्धान मोडिएको छ । उनले भारतीय अपराधी समुह लरेन्स बिस्नोईका नामबाट नेपालमा धम्की दिने र असुल गर्ने समूह नै बनाएको आशंका छ ।
प्रसाईंको निर्देशन अनुसार व्यवसायी र पेशाकर्मीलाई धम्की दिएको आरोपमा पक्राउ परेका झापाका अर्का व्यक्ति बैंकिङ कसुरका आरोपी रहेको प्रहरीको भनाई छ । प्रसाईंका सहयोगी झापा चारआलीका ३६ वर्षीय नविन प्रधान भनिने हरिचन्द्र फुयाँललाई पक्राउ गरेपछि प्रहरी प्रसाईं अपराधिक समूहसँग आवद्ध रहेको निष्कर्षमा पुगेको हो । साइबर अपराधमा अनुसन्धानमा रहेका प्रसाईंले भारतीय आपराधिक समूह लरेन्स बिस्नोईका नाममा सहयोगीमार्फत बैंकर र व्यवसायीलाई धम्की दिने गरेको खुलेको हो ।
उद्योगी र बैंकरलगायतलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्तिले नै प्रसाईंको निर्देशनमा उक्त काम गरेको प्रहरीसमक्ष बयान दिएको खुलेको छ । अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आपराधिक लाभ, किर्ते, बैंकिङ कसुर, संगठित अपराध, सम्पत्ति शुद्धीकरण जस्ता विषयमा अनुसन्धान गरिरहेको छ । सीआईबी उच्च स्रोतका अनुसार भण्डै ६ अर्ब भन्दा बढी कर्जा लिएका उनले बैंकका सञ्चालक र सीईओलाई थर्काउने काम समूह मार्फत गराइरहेका छन् । अनुसन्धानकै क्रममा प्रसाईं र उनका नातेदारका नाममा विभिन्न देशबाट सन् २०२३ यता साढे १० करोड भन्दा विदेशी मुद्रा भित्रिएको भेटिएको छ ।
आपराधिक गतिविधि गरेको आरोपमा बुधबार झापामा पक्राउ गरी काठमाडौं ल्याएका फुँयालले प्रसाईंको निर्देशनमा लरेन्स बिस्नोई समूहको सदस्य हुँ भन्दै बैंकर र व्यवसायीलाई फोनमार्फत धम्की दिएको स्वीकार गरेको प्रहरीको भनाई छ । सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले फुँयालले भारतका आसाम र पानीट्यांकी क्षेत्रमा पुगेर धम्की दिने गरेको भेटिएको बताएका छन् । व्यापारी र बैंकरलाई धम्कीपूर्ण फोन भारत र यूएईका नम्बरबाट आउने गरेको र फोन कलमार्फत अपरिचित व्यक्तिले सहयोग माग्ने र नदिए ज्यान मार्नेसम्मको धम्की दिने प्रसाई समूहबाट फुँयालले गर्दे आएका थिए ।
सीआईबीका अनुसार हालसम्म चार जना व्यवसायीले प्रसाईंविरुद्ध उजुरी दिएका छन् । भारतबाट फुयाँलले विभिन्न व्यवसायी, पेशाकर्मी लगायतलाई ११३ पटक फोन गरेको कल डिटेल रेकर्ड (सीडीआर) बाट फेला पारिएको छ । धम्की कलका लागि फुयाललाई प्रसाईंले पाँच लाख दिएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उक्त तथ्य फुयालको मोबाइलमा भेटिएको भौचरबाट खुलेको हो । सीआईबीका अनुसार प्रसाईं र फुयालबीच पुरानै चिनजान हो । फुयाल यसअगाडि विभिन्न कसुरमा संलग्न थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते
मंसिर १६, २०८१ आइतबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार