विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार १६:०:५९
१५ मंसिर, काठमाडौं । त्रिभुवन विभानस्थल भन्सार कार्यालयले १ केजी १ सय ग्राम सुनसहित चितवनका आशिष सुवेदीलाई पक्राउ गरेको छ । उनी एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका थिए । भन्सार कर्मचारीले जाँचका क्रममा सुन भेटिएको हो । विमानस्थल प्रमुख भन्सार अधिकृत ललिता ज्ञवालीका अनुसार सुनको शंका गरेर प्रारम्भिक सोधपुछ गर्ने बित्तिकै सुवेदीले आफूसँग कसैले पठाएको सुन भएको बताएका थिए ।
ह्याण्ड क्यारीलाई एक्स–रेमा स्क्यान गर्ने बेला धातुजस्तो बस्तु देखेपछि सुनको शंका गरिएको थियो । भिजिट भिसामा दुबई गएकामा काम नपाएर फर्किने बेला अपरिचित व्यक्तिले सुन काठमाडौं पुर्याएमा १० हजार दिने भनेपछि बोकेर आएको उनले बताएका थिए । सुन उनले गोप्य अंगमा लुकाएर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुवेदीलाई गौशाला प्रहरीमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
जिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार